back

कविता : माटो

वि.सं.२०७६ भदौ ७ शनिवार

117 

shares

“मेरो छातीमा नकुल्च“
भन्दैन माटो
मलाई आफ्ना विचारका कोदालीले खन,खोस्र
मनलाग्दी आफ्नो तालमा
मुछ÷नमुछ
आकार देउँ÷आकार नदेऊ भन्दैन माटो

यहाँ फूल
त्यहाँ काँडा
रोप÷नरोप भन्दैन माटो
म तिमीलाई मात्र अँगाल्छु
म उनलाई मात्र अँगाल्छु
म उसलाई अँगाल्दिन
मलाई ऊ मन पर्छ÷ऊ मन पर्दैन भन्दैन माटो

वर्ग विभाजन गर्दैन माटो
अस्तित्व विभाजन गर्दैन माटो
विश्वासको विखण्डन गर्दैन माटो

मेरो छातीमा घनघोर पीडाका घटाहरू बर्षाऊ
मेरो छातीमा घनघोर उन्मादका छटाहरू वर्षाऊ
मलाई सहर्ष स्वीकार्य छ भन्छ माटो

सिमात खोलाको बगरभरी
सपनाको बिस्कुन सुकाएर
बाँचिरहेको युगिन माटो
उद्वेलित मन बोकेर
आत्मसात् गरिरहेछ हरेक यन्त्रणाहरू

यहाँ आफ्नैले लात मारेर गए
यहाँ आफ्नैले भात मारेर गए
यहाँ आफ्नैले बात मारेर गए
र पनि गुनासो गर्दैन माटो
दुखेसो पोख्दैन माटो

बकैया खोलाले निर्दयी बन्दै
बगाउँदा बगाउँदै बाँचेको माटोमा
उत्साहले फुलेका
कलिला काँसहरू
उमङ्गले फुलेका
किशोरी काँसहरू
गर्वले फुलेका
युवा काँसहरू
यही माटोबाट सिक्छन्
जीवन अनिश्चित छ
र पनि उन्मुक्त मुस्काउँदै
हातेमालो गर्दै
घामलाई आत्मसात गर्नुछ
पानीलाई आत्मसात् गर्नुछ
आँधीलाई आत्मसात् गर्नुछ
अँध्यारोलाई आत्मसात् गर्नुछ
उज्यालोलाई आत्मसात् गर्नुछ

घाम–पानी
आँधी–हुरी
अँध्यारो–उज्यालो शाश्वत सत्य हुन्
र सबैभन्दा तीतो सत्य
माटो हो
मात्र माटो ।

वि.सं.२०७६ भदौ ७ शनिवार ०९:४८ मा प्रकाशित

कोपिला

कोपिला

केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक, गोरखा १. विकृति फैलिएर गयो राजनीति...

लघुकथा : घृणा र प्रेम

लघुकथा : घृणा र प्रेम

कल्पना भण्डारी सिन्धुपाल्चोक, हाल - काठमाडौं ‘गौरी दिदी भोलि त...

कोपिला\डाली

कोपिला\डाली

गणेश लोहनी, चितवन हाल काठमाडौं १ साधनाले सिद्धि मिल्यो ध्यान...

कथा : दानी

कथा : दानी

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित...

मुक्तक

मुक्तक

रुद्र अधिकारी, विशालनगर, काठमाडौँ १. अँध्यारोमै राख्ने अन्धकारलाई हेर्नु पर्छ...

लघुकथा : अभुक्त

लघुकथा : अभुक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बुढा खै !...