back

अष्ट्रियाबाट बिनोद भन्छन्–‘रविले पैसा नलिएको प्रमाण मसँग छ’

वि.सं.२०७६ भदौ ७ शनिवार

81 

shares

माउन्टेन टेलिभिजनमा कार्यरत नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ का कार्यक्रम प्रस्तोता तथा संचारकर्मी रवि लामिछाने चितवन प्रहरीको हिरासतमा छन् ।

यतिबेला समाज दुई पक्षमा बाँडिएको छ । केहीले रवि निर्दोष हुन् । उनलाई फसाइएको भनिएको छ भने केहीले पुडासैनीले गरेको भिडियो रेर्कडमा रवि लामिछानेको नाम लिइएकोले उनलाई अनुसन्धान गरी कारबाही अगाडि बढाउनुपर्ने पनि भनिएको छ ।

यसैबिच कार्यक्रम प्रस्तोता लामिछानेबाट पीडित भएको, कार्यक्रम प्रस्तुत गर्नका लागि पैसा मागिएको भन्ने आरोपहरु पनि सामाजिक संजाल तथा संचारमाध्यममा आइरहेका छन् भने रविलाई मेरो यस्तो काम गरिदिनु अथवा यो सूचना संप्रेषण गरिदिनु केही रकम दिन्छु भन्दा पनि रविले नलिएको बताइएका छन् ।

अष्ट्रियामा रहेका बिनोद चौलागाईले पनि आफ्नो अनुभव लेखेका छन् । उनले रविले कार्यक्रम प्रस्तुत गर्नका लागि पैसा नखाएको प्रमाण आफूसँग रहेको बताउँदै, खाएको प्रमाण खोई भनेर प्रश्न उठाएका छन् ।

उनले कार्यक्रम प्रस्तोता लामिछाने र अर्का पत्रकार युवराज कंडेलले समाचार प्रसारण गर्नु या नगर्नु भनेर लाखौं पैसामा लबिङ गरेको समाचार सुन्दा, पढ्दा अचम्म परेको तथा दुःख लागेको बताउँदै आफूसँग रविले नखाएको प्रमाण रहेको बताएका छन् ।

चौलागाईँले केही महिनाअघि १५ दिनसम्म हराएका आफ्ना बुवाको खोजीका लागि नेपाल प्रहरी प्रशासन लगायतका नियामक निकायसँग पहल गर्दा पनि केही नलागेर शालिकराम र युवराजसँग वुवा खोजिदिन अनुरोध गरेको र त्यसका लागि उपहारस्वरुप ५ लाख रुपैयाँ दिने भनेर कुरा गर्दा it wont cost भनेर फेसबुक मेसेन्जरमै जवाफ दिएको आफ्नो सामाजिक संजाला लेखेका छन् ।

सिधा कुरा जनतासँगको कार्यक्रमबाट बुवा हराएको भनेर प्रशारण गर्नास २४ घण्टाभित्र कसैले वुवालाई घर ल्याइदिएको समेत उनले लेखेका छन् ।

सामाजिक संजालमा लेखिएको उनको भनाई जस्ताको तस्तै
नखाएको प्रमाण म सँग छ । रबी र युबराजले खाएको प्रमाण खोइ ?

छानबिन प्रकृया अन्त्य नभए सम्म यो बिषयमा केही नबोलौ भनेर बसेको थिए केही माफिया, देश द्रोही,भ्रस्टचारीहरु र केही अरिङ्गालहरुले गर्दा फेरी बोल्न वाध्य गराय ।

म बिनोद चौलागाईं हाल अस्ट्रियाबाट ।
रबी लामिछाने र युव राज कंडेलले केही समाचार प्रसारण गर्नु या नगर्नु भनेर लाखौं पैसामा लबिङ गरेको भन्ने समाचार सुने, पढें र अचम्ममा परे, दुः ख लाग्यो । नखाएको प्रमाण म सँग छ । रबी र युबराजले खाएको प्रमाण खोइ ?

बिगत केही महिना अघी मेरो वृद्ध बुवा १५ दिन सम्म हराउनु भएको थियो र बुवाको खोजीको लागि नेपाल प्रहरी प्रशासन लगायत सम्पूर्ण निकायहरुसँग कुरा गरे केही लागेन अन्त्यमा मित्र सालीकराम सँग र युबराजसँग बुवा खोज्नको लागि अनुरोध गरे वहाँहरुसँग मेरा समस्या र बाध्यता बताए, १५ दिन सम्म हराउनु भएको मेरो बुवाको बारेमा सिधा कुरामार्फत् प्रशारण गरिदिनु हुन बिनम्र अनुरोधका साथ उपहार स्वरुप ५ लाख दिने कुरा गरेको थिए तर वहाँहरुले कुनै पैसाको अपेक्षा गरेनन् it wont cost भन्ने जवाफ पाए एकछिन् भावुक पनि बनायो र भोलीपल्ट बुवा हराएको बारे शिधा कुराबाट प्रशारण भएको २४ घण्टा नबित्दै बुवालाई कसैले घरमा ल्याईदिनु भयो ।


रबी र युबराजले पैसा खायो भनेर झुठा हल्ला फैलाउने ति माफियाहरुलाई खबरदार ।
बिनोद चौलागाईं,अस्ट्रिया

वि.सं.२०७६ भदौ ७ शनिवार १२:०१ मा प्रकाशित

अप्पर अरुणको पहुँचमार्गका लागि दुई वडाका दुई हजार रुख काटिने

अप्पर अरुणको पहुँचमार्गका लागि दुई वडाका दुई हजार रुख काटिने

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक...

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्रीको सचिवालयले भन्यो-सांसद सिंहको आरोप अराजनीतिक बार्गेनिङ

प्रधानमन्त्रीको सचिवालयले भन्यो-सांसद सिंहको आरोप अराजनीतिक बार्गेनिङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले सांसद अमरेश...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...