back

पैञ्युवासीहरु सधै परिवर्तनको पक्षमा-नेतृ सुवेदी

वि.सं.२०७६ भदौ ७ शनिवार

387 

shares
RBB AD
NTC AD

७ भदौ, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ यशोदा सुवेदीले पर्वत जिल्लाको पैंयु क्षेत्र सधै परिवर्तनको पक्षमा रहेको बताएकी छन् ।

पर्वत जिल्लाको पैञ्यु गाउँपालिकाको सरौंखोलामा आयोजित श्रद्धान्जलि सभालाई सम्बोधन गर्दै नेतृ सुवेदीले पैञ्युक्षेत्रका जनताले नेपाली राजनीतिको आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्दै स्वर्गीय आमा विष्णु कुमारी तिवारीले गरेको स्वागत अन्तरमनको माया, क्रान्तिकारीहरुलाई खाना–वासको व्यवस्था र बाटो देखाएर लुकाउने भगाउने गरेको सस्मरण सुनाएकी थिइन् । सुवेदीले यस्ता आमाको संस्मरण गर्दा भावुक बनेको बताउँदै पैञ्युको विकास र समृद्धिका लागि सबैको हातेमालो आवयस्यक रहेकोमा जोड दिदैं आफू समेत लागि पर्ने धारणा व्यक्त गरेकी थिइन् ।

कार्यक्रमका अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वत जिल्ला अध्यक्ष तथा संघीय सांसद पदम गिरीले स्व. आमाले क्रान्तिकारी व्यक्तिहरु जन्माएको स्मरण गर्दै पैञ्यूक्षेत्रमा १५ शैथ्याको अस्पताल स्थापना तथा हुवास–लुंखु सडक पक्कि गर्ने लगायतका काम दुईवर्ष भित्रै हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विसं १९९७ फागुनमा जन्मनुभएकी विष्णु कुमारी तिवारीको जयनारायण तिवारी, स्व.पुण्य प्रसाद तिवारी, कृष्ण तिवारी, खुम कुमारी बसेल (गोपा) निलकण्ठ तिवारी, दीपक तिवारी सहित सन्तान रहेका छन् ।

नेकपा पैञ्युका अध्यक्ष चोकलाल न्यौपानेको सभापतित्व तथा सचिव रेशम सापकोटाको संचालनमा सम्पन्न सो श्रद्धान्जलि कार्यत्रममा पैञ्यु गाउँपालिका अध्यष खगेन्द्र प्रसाद तिवारी, नेकपाका नेता मेघनाथ सुवेदी, उमाकान्त सुवेदी सहित वडा नं ६ का अध्यक्ष थानेश्वर तिवारी लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ भदौ ७ शनिवार १३:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा...