back

प्राणघातक इबोलाले लियो कंगोमा एक हजार ९६५ को ज्यान

वि.सं.२०७६ भदौ ७ शनिवार

186 

shares
RBB AD
NTC AD

७ भदौ, जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ ।

डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको बताए । उहाँले पछिल्ला दुई तीन सातादेखि नयाँ संक्रमित बिरामीको संख्या घट्दै गएको बताए । उनले भने, “यो प्रवृत्तिमा निरन्तर कमी आउने अपेक्षा गरिएको छ ।”

डब्लुएचओले यस रोगसँग जुध्न ६७० जनाभन्दा बढी कर्मचारी कंगोमा खटाएको छ ।

उनले भने, “केही क्षेत्रमा हामीले राम्रै प्रगति गरेका छौं । हामीसँग खोप पनि उपलब्ध छ । निगरानी र खोपका कारण यो रोग तिब्र गतिमा अहिले फैलिन पाएको छैन ।”

कंगोमा यो रोग सबैभन्दा बढी घातक मानिएको छ । पछिल्लो समय कंगोको उत्तरी शहर मम्बासामा यो रोग देखिएकाले सबैलाई चिन्तित बनाएको डब्लुएचओले जनाएको छ ।(सिन्ह्वा)

वि.सं.२०७६ भदौ ७ शनिवार १५:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उत्तर कोरियाली सैनिकले सीमा पार गर्दा सियोलले चलायो चेतावनीपूर्ण गोली

उत्तर कोरियाली सैनिकले सीमा पार गर्दा सियोलले चलायो चेतावनीपूर्ण गोली

सियोल (दक्षिणकोरिया) । उत्तर कोरियाका दर्जनौँ सैनिकले मङ्लबार कडा किल्लाको...

भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयास गरेका १० आप्रवासीको मृत्यु

भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयास गरेका १० आप्रवासीको मृत्यु

रोम । उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा...

दक्षिणी रुसको तेल तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण

दक्षिणी रुसको तेल तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण

मस्को । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल...

रुसको अजोभ सहर नजिकै तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

रुसको अजोभ सहर नजिकै तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

मस्को । एएफपी दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति...

भारी वर्षा र पहिरोका कारण अमेरिकामा १३ जनाको मृत्यु

भारी वर्षा र पहिरोका कारण अमेरिकामा १३ जनाको मृत्यु

सानसाल्भाडोर (अमेरिका) । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर...

दार्जिलिङमा रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु

दार्जिलिङमा रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु

नयाँदिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालबहाक रेल...