back

बसीरको मुद्दामाथि अर्को सुनुवाइ आगामी शनिबार हुने : सुडान

वि.सं.२०७६ भदौ ८ आइतवार

30 

shares

८ भदौ, सुडान । सुडानको एक अदालतले पूर्वराष्ट्रपति ओमार अल–बसीरमाथि लागेको भ्रष्टाचार आरोपबारेमा अर्को सुनुवाइ आगामी शनिबार गर्नेगरी तय गरेको छ ।

“पूर्वराष्ट्रपति बसीरको भ्रष्टाचार आरोपबारेमा अर्को चरणको सुनुवाइ अगस्ट ३१ (शनिबार) हुनेगरी तोकेको छ,” बसीरको पक्षमा वकालत गर्ने वकिलहरूको समूहका प्रमुख अहमद इब्राहिम अल–ताहिरले राजधानी खार्तुममा भएको पत्रकारसँगको कुराकानीमा बताए । “यो बसीरको मुद्दामा हुने तेस्रो चरणको सुनुवाई हो र हामी अझैपनि पैरवी मुद्दामा छौँ । जहाँ अभियोजनकर्ताका प्रतिनिधिले तीन सहयोगीमाथिको सोधपुछ जारी रहेको छ ।”

अल ताहिरले भने , “बसिरको पक्षका वकिलहरूको समूहले अल–बसीरलाई धरौटीमा रिहा गर्न अनुरोध गरिरहेका छन् । उनीहरू न्यायाधीशले बसीरलाई धरौटीमा रिहा गर्नेमा विश्वस्त रहेका छन् ।” सुडानमा बढ्दो महङ्गी, भ्रष्टाचार, र आर्थिक अनियमितता नियन्त्रण गर्न नसकेको भन्दै सुडानी जनताले लामो समयसम्म सशक्त आन्दोलन गरेपछि सेनाको सहयोगमा बसीरलाई गत अप्रिलमा पदच्युत गरिएको थियो ।

बसीरलाई पदच्युत गरिएपछि गैरकानूनी रूपमा उनको घरमा राखिएको करीब ११ करोड ३० लाख अमेरिकी डलर जफत गरी मुद्दा अघि बढाइएको छ । उनीमाथि पदीय मर्यादा विपरीत भ्रष्टाचार गरेको र आर्थिक अनियमिततम गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अदालतमा परेको मुद्दामाथि दुई चरणमा सुनुवाइ भइसकेको छ । सिन्ह्वा

वि.सं.२०७६ भदौ ८ आइतवार ०८:३५ मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...