
२५ अगस्त, अमेरिका । आदिवाशी जनजाती महासंघ नेपाल इन अमेरिका (फिपना) न्यु हेम्प्शायर लोकल च्याप्टरले विश्व आदिवाशी दिवश भब्यताका साथ सम्पन्न गरेको छ ।
बिभिन्न आदिवाशी जनजातीहरुको नाँच, भेष भुषा र आदिवाशी पहिचान झल्कने अन्य कार्यक्रमहरु प्रस्तुत गरिएको उक्त कार्यक्रमको सभापतित्व न्युहेम्प्शायर लोकल च्याप्टरकी सभापति सुन्दरी गुरुङले गरेकी थिइन् ।
संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधी राजदूत अमृत राई प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न संघसंथाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा बिभिन्न महानुभावहरुले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि राईले अबको भावी नेपाली अमेरीकन पुस्ताले अमेरीकाको राजनीतिमा संलग्न हुनुपर्ने कुरा बताउदैं सात समुन्द्र वारी, सपनाको देशमा आएर पनि नेपालीपन बचाउनु भूमिका खेलेको भन्दै फिफ्नाको प्रसंसा तथा धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै अर्का वक्ता मिचीगन युनिभर्सिटीका प्रोफेसर डा, महेन्द्र लावतीले बिस्वभरका आदिवाशीको समस्या उस्तै रहेको हुँदा संयुक्त राष्ट्र संघले अगस्त ९ लाई विश्व आदिवाशी दिवश घोषणा गरेको बताउँदै नेपाल सरकार यसको सदस्य राष्ट्र भएर पनि आदिवाशीहरुको अधिकारप्रति बेवास्ता गरेको उदाहरण अहिलेको लोकसेवा आयोग काण्ड रहेको बताएका थिए । साथै अन्य वक्ताहरुमा एनआरएन अमेरिकाका बोर्ड सदस्य छत्रा गुरुङ, एनआरएनए अमेरिकाका पूर्वसभापति शिब राई, नेपाली कम्युनिटी रोड आइसल्याण्डका सभापति उत्सब श्रेष्ठ, लगायत रहेका थिए ।

वृद्द बृद्दाद्वारा सामुहिक रुपमा दिप प्रज्वलन गरी उद्घघाटन गरिएको उक्त कार्यक्रममा नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाइएको थियो ।
नेपालका आदिवाशीहरुको बिभिन्न झाँकी र नेपाली नाचगानले कार्यक्रम उल्लासमय भएको थियो । सभाको विसर्जन गर्दै सभापति सुन्दरी गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

,
वि.सं.२०७६ भदौ ८ आइतवार ०९:३७ मा प्रकाशित