back

काठमाडौँमा ‘चारदेशीय कला प्रदर्शनी’ शुरु

वि.सं.२०७६ भदौ ८ आइतवार

87 

shares

८ भदौ, काठमाडौँ । काठमाडौँको नक्सालमा आजदेखि चार देशका कलाकारको सहभागितामा ‘अन्तरराष्ट्रिय कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा) को सहकार्यमा शुरु भएको प्रदर्शनी भदौ १७ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँथित प्रतिष्ठानको कार्यालय नक्सालमा शुरु भएको कला प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश र चीनका चर्चित कलाकारको चित्र समावेश गरिएको आइडब्लुएस नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए । उनले छ महीनादेखिको प्रयास सफल भएकामा खुशी व्यक्त गरे ।

प्रदर्शनीको उद्घाटन गर्दै वरिष्ठ कलाकार हरिप्रसाद शर्माले यस्ता कार्यक्रमले कला र विचार आदानप्रदानमा सहयोग पुग्ने उल्लेख गर्दै जीवन रहुञ्जेल कला साधना गर्नसमेत कलाकारलाई आग्रह गरे ।

कार्यक्रममा पूर्वराजदूत कमानसिंह लामाले कला क्षेत्रको गतिविधि कमजोर रहेको भन्दै अहिले गरेका काम भावी पुस्ताका लागि पनि सङ्ग्रह गरेर राख्नुपर्नेमा जोड दिए । प्रदर्शनीमा चीनबाट ११, बङ्गलादेशबाट ११, भारतबाट १५ र नेपालको ४३ कलाकारका चित्र समावेश गरिएको छ । कलाका माध्यमबाट ती देशबीच सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।

प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले अन्तरराष्ट्रिय क्षेत्रमा काम गरिसकेका कलाकारको चित्र समावेश हुने यस्ता प्रदर्शनीले सहभागी देशबीचको आपसी सम्बन्ध विस्तार हुने र नेपाल चिनाउन सहयोग गर्ने विस्वास व्यक्त गरे ।

चित्रका गतिविधि धेरै भए पनि मूर्तिका गतिविधि हुन नसकेको भन्दै उहाँले मूर्तिकला प्रदर्शन गर्न कसैले इच्छा देखाए प्रतिष्ठानले सहयोग गर्ने बताए । प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले देशको धेरै कुरा कलाकृतिले बोल्ने भएकाले पहिचान दिन सजिलो हुने उल्लेख गरे ।

प्रदर्शनीमा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, सदस्य सचिव विपिनकुमार घिमिरे, वरिष्ठ कलाकार श्यामलाल श्रेष्ठलगायतका अनुभवी र अगुवा कलाकारको चित्रसमेत समावेश गरिएको छ ।

कार्यक्रममा जलरङको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै कलाकार बुद्धि गुरुङलाई सम्मान गरिएको थियो भने र वाटरकलर युथ अवार्डबाट कान्छाकाजी भासिमालाई पुरस्कृत गरिएको थियो । (रासस)

वि.सं.२०७६ भदौ ८ आइतवार १०:०३ मा प्रकाशित

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई...

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले...

छोराको कुटपिटबाट बुबाको मृत्यु

छोराको कुटपिटबाट बुबाको मृत्यु

रसुवा । उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको...

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै

भादगाउँ । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा...

आज ३६औँ विश्व एड्स दिवस मनाइँदै

आज ३६औँ विश्व एड्स दिवस मनाइँदै

काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...