
८ भदौ, काठमाण्डौ. । गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्टलाई शिल्क एयरको विमानबाट निकालिएको छ ।
शनिबार पौने १० बजे शिल्क एयरको जहाजबाट सिंगापुर उड्न लागेका अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपानेलाई शिल्क एयरले विमानबाट बाहिर निकालेको हो ।
शिल्क एयरको फ्लाइट नं एसएलके ४१३ ( कल साइन एमआइ १३) मा सिंगापुर उड्न लागेका उनीहरुलाई विमानको सिटमा बसिसकेपछि विमानका क्याप्टेननै आएर ‘आइ क्यान नट फ्लाइ विथ यु’ भन्दै प्रहरीको सहयोगमा विमानबाट बाहिर पठाएको बताइएको छ ।
यस विषयमा संचारकर्मी सनत न्यौपानेले सिंगापुर जाने सल्लाह देखि लिएर अल्कोहल सेवनदेखि विमानमा बस्दा सम्म के–के भए भनेर फेसबुकमा अडियो अपडेट गरेका छन् ।
उनलेनै विमानस्थलका क्याप्टेनले भवन भट्टलाई ‘ आइ क्यान नट् फ्लाइ विथ यु’ भनेर भनिएको बताएका छन् ।
उनको भिडियोमा रहेको सम्पादित केही अंश
‘एनआरएनए अध्यक्षको अति व्यस्त कार्यक्रमका बाबजुत कार्यक्रममै हुँदाहुँदै सिंगापुर जाने भनेर बिजनेस मिटिङमा सल्लाह भयो । मिटिङमा कुन लेवलको ड्रिंक्स हुन्छ भन्ने सबैलाई थाहा छ । अध्यक्षले प्रधानमन्त्रीलाई भेट्ने अल्कोहल लिन्न भन्नुभएके थियो । एयरपोर्टमा चेक इन गरियो बार्डिङ पास दिइयो । त्यहाँ हाम्रो डिस्कसन भएर हामी माथि गयौ । माथि गएर इमिग्रेसन पास भइसकेपछि हामी विजेनश लाउन्जमा गएर बस्यौ । त्यहाँ बस्दा हामीले डिस्कसन गर्यौ । हामी सिंगापुर गएर प्रधानमन्त्रीलाई के कस्तो शुभकामना दिने भन्ने कुरा र सिंगापुरमा हाम्रो सानो बिजनेश पनि थियो । त्यो पनि कसरी गर्ने भन्ने कुरामा हाम्रो डिस्कसन भयो ।
त्यहाँबाट प्रि बोर्डिङ लैजाने क्रममा उहाँलाई के भनियो भने, ‘होइन, तपाईहरुलाई हामीले बोर्ड गर्न मिल्दैन,’ भनियो, ‘किन बोर्ड गर्न नमिल्ने बाबु भन्दा, ए होइन, होइन, हाम्रो मिस्टेक भयो, बोर्ड गर्न मिल्छ भनेर हामीलाई एयरलाईन्स सम्म बोर्ड गर्यो । एयरलाईन्समा बोर्ड गरेर उहाँ सिटमा बसिसकेपछि त्यहाँको क्याप्टेनले आए ‘आइ क्यान नट फलाइट विथ यु’ भने ।
म भवन भट्टलाई माया गर्छु सम्मान गर्छु । एकजना मान्छे बोर्ड गरेर सिटमा बसेपछि उसलाई अफबोर्ड गर्ने कुरा किन भयो ? त्यसपछि हामीलाई पुलिस साथीहरुले बोलाएर हेल्प गर्नुभयो । त्यतिबेला एयरलाईन्सबाट जुन दुव्र्यवहार भयो, हामी अचम्मै पर्र्याै । हामीले अझै पत्ता लगाउनु पर्ने छ कि, शिल्क एयरले हामीलाई किन यति दुव्र्यवआर गर्यो । प्रहरी साथीहरुले पनि अप्ठ्यारो फिल गरिरहनु भएका थिए, के एनआरएनएका अध्यक्षलाई हामीले यस्तो गर्नुपर्ने भनेर त्यस्तो गर्दा गर्दै पनि सिल्क एयरबाट हेलचेक्राइ भयो ।’
वि.सं.२०७६ भदौ ८ आइतवार १०:२० मा प्रकाशित