८ भदौ, काठमाडौँ । हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा छैठौं छायाँछवि तीज म्युजिक अवार्ड ०७६ को आयोजना हुने भएको छ ।
नेपाली गीत संगीत, रितिरिवाज, परम्परा एवं संस्कृतिले गीत संगतिलाई मौलिक त बनाएको छ । हामीले बनाउने चाडपर्व एवं सांस्कृतिक परम्पराले गीत संगीतलाई जोगाईराखेको हुन्छ त्यसै मध्येको सांस्कृतिक पर्वमध्ये तीज पनि एक हो ।
विशेष त तीज गीतमा महिलाका आवाजहरु गुञ्जिन्छन् भनेपनि आजभोली पुरुषका स्वरपनि आउन थालेको छ । तीजको गतिमा सांस्कृतिक परम्पराको नाममा विकृतितीर लागेको पनि आरोप लागेको पाइन्छ तरपनि तीज संगीत फस्टाउँदै भने गएको देखिन्छ । तीजको परम्परालाई कायम राख्दै छैठौं छाँयाछबि तीज म्युजिक अवार्ड ०७६ आयोजना गर्न लागिएको हो ।
तीजका अवसरमा प्रकाशित गरिने तीज गीतको सङ्ख्या गतवर्षहरुमा भन्दा यस पटक केही कमी आएको अवस्थामा तीजको गीतमा संलग्न हुने सर्जकहरुलाई प्रोत्साहन मिलोस् र तीजको गीतले श्रष्टा ÷ सर्जकले प्रोत्साहित हुने मौका पाउन् भनेर यो अवार्ड गर्न लागिएको हो । मनोरञ्जन सँगसँगै सास्कृतिक पर्व तीज अवार्डको छैठौं श्रृंखलामा उत्कृष्ट पाँचको मनोनयनमा पर्ने सबै श्रष्टालाई बधाई तथा हर्दिक आभार पनि प्रकट गर्दै उक्त आयेजना गर्न लागिएको बताएको छ ।
वि.सं.२०७६ भदौ ८ आइतवार १२:१० मा प्रकाशित