back

मेक्सिकोमा पत्रकारको छुरा प्रहार गरी हत्या

वि.सं.२०७६ भदौ ८ आइतवार

198 

shares
RBB AD
NTC AD


८ भाद्र, मेक्सिको । मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ ।

मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ ।
प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

तेजुपिल्को नामको सानो शहरमा सञ्चालित स्थानीय अनलाइन सञ्चार माध्यमको प्रमुखको रुपमा नेभिथ कार्यरत थिए । उनी स्थानीय रेडियोमा समेत समाचार वाचकको रुपमा कार्य गर्दथे ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले कोन्डेस जारामिल्लोमाथि जुन र गत वर्षको नोभेम्बरमा अज्ञात समूहले धम्की दिएको बताएको छ । उनले संघीय सरकार समक्ष आफ्नो सुरक्षाका लागि आग्रह गरेका थिए ।

सन् २००० यतामात्र मेक्सिकोमा करिब १०० जना पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थको अवैध कारोबार र राजनीतिक भ्रष्टाचारका कारण पत्रकारमाथि बारम्बार आक्रमण हुने गरेको छ ।

मेक्सिकोमा अधिकांश हत्याका घटनाको ठोस अनुसन्धान र दोषीमाथि कारबाही विरलै हुने गरेको छ । (रासस)

वि.सं.२०७६ भदौ ८ आइतवार १२:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

मस्को । रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई...

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु, सयभन्दा बढी अस्पताल भर्ना

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु, सयभन्दा बढी अस्पताल भर्ना

मुम्बई । भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तिमा ३४ जनाको...

रूस र कोरियाबीच सम्झौता, जापानको गम्भीर रूपमा चिन्ता

रूस र कोरियाबीच सम्झौता, जापानको गम्भीर रूपमा चिन्ता

टोकियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र...

दिल्लीका सडकपेटीमा उद्यम गर्नेहरू (भिडियो रिपोर्ट)

दिल्लीका सडकपेटीमा उद्यम गर्नेहरू (भिडियो रिपोर्ट)

नयाँ दिल्ली । पछिल्लो १५ दिनदेखि भारतको राजधानी नयाँदिल्लीको तापमान...

उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

हनोई । उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा...

स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी तत्काल रिहा गर्न चीनसँग अमेरिकाको माग

स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी तत्काल रिहा गर्न चीनसँग अमेरिकाको माग

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाले स्वतन्त्र पत्रकार र महिला...