back

पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर, एक धारा’

वि.सं.२०७६ भदौ ८ आइतवार

489 

shares
GLOBAL IME AD
NTC AD

८ भदौ, गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर एक धारा’ पुगेको छ । गएको माघमा शुरु भएको ‘रिठ्ठेपानी खानेपानी आयोजना’ निर्माण सम्पन्न भएसँगै शनिबारदेखि सबै घरमा एक घर, एक धारा पुगेको वडाध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए
“यहाँ खानेपानीको अत्यन्तै अभाव हँुदै आएको थियो”, वडाध्यक्ष गुरुङले भने, “एक गाग्री पानी लिन आधा घण्टा लगाएर तिरतिरेखोलामा धाउनुपर्ने बाध्यता रहँदै आएको थियो, आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका समुदायमा रहेको खानेपानीको समस्या समाधान भएको छ ।”
आयोजना निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख, स्वाँरासघन गाउँ विकास केन्द्रले रु १७ लाख र बाँकी रकम उपभोक्ताबाट प्रतिघर रु १३ हजारका दरले सङ्कलन गरिएको उनले बताए । त्यस्तै उपभोक्ता समितिले आयोजना निर्माणका लागि जनश्रमदानसमेत गरेका थिए ।
“आयोजना निर्माण शुरु भएदेखि नै उपभोक्ताहरुले प्रत्येक घरधुरीबाट ३३ दिनसम्म जनश्रमदान गरेका गरे”, वडाध्यक्ष गुरुङले भने, “पाइपलाइन खन्ने, धारा बनाउने कामदेखि लिएर ढुङ्गा, गिट्टी, बालुवा बोक्नेसम्मको काम उपभोक्ताले गरेका छन्, यहाँका उपभोक्ताकोे अथक मेहेनतबाट घरघरमा पानीको धारा पुगेको हो ।”
रिठ्ठेपानीको मुहानबाट तीन ट्याङ्की निर्माण गरी उपभोक्ताको घरघरमा पानी वितरण गरिएको वडाध्यक्ष गुरुङले बताए । निर्माण शुरु भएको सात महीनाको अवधिमा आयोजना निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ । आयोजना निर्माण नहँुदा कतिले नजिकै खोलाबाट पाइप गाडेर ल्याएका धाराको पानी प्रयोग गर्दै आएका थिए ।
आयोजना निर्माण सम्पन्न भएसँगै खोलामा पुगेर डोकोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको रिठ्ठेपानी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सोमप्रसाद पनेरुले बताए । उनले भने, “सबै उपभोक्ता खुशी भएका छन्, घरघरमा पानीको धारा छ, स्वच्छ खानेपानीको सुविधा छ, पानीका लागि टाढासम्म धाउनुपर्ने बाध्यता पनि हटेको छ ।” रासस

वि.सं.२०७६ भदौ ८ आइतवार १२:३४ मा प्रकाशित

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’

‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’

स्याङ्जा । पाल्पा र स्याङ्जाको सङ्गमस्थलका रुपमा मात्र नभई धार्मिक...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सामूहिक तरबुजाखेती : एक याममा दुई करोडको बिक्री

सामूहिक तरबुजाखेती : एक याममा दुई करोडको बिक्री

गण्डकी । पोखरा महानगरपालिकाको सहयोगमा पोखरा–१३ र १४ का किसानलाई...

खानेपानी अभाव हुँदा दगातुन्डाँडाका बासिन्दा बसाइँ सर्न बाध्य

खानेपानी अभाव हुँदा दगातुन्डाँडाका बासिन्दा बसाइँ सर्न बाध्य

गलकोट (बागलुङ) । दश वर्षअघि बडिगाड गाउँपालिका दगातुन्डाँडामा प्रारम्भ भएको...