back

पर्वतमा अष्टजद्धारा श्रद्धान्जलि कार्यक्रम

वि.सं.२०७६ भदौ ८ आइतवार

450 

shares
RBB AD
NTC AD

८ भदौ, फर्शुराम भुर्तेल, पर्वत । अष्ट ज अभियानद्धारा पर्वतको सरौंखोलामा श्रद्धान्जलि कार्यक्रम सम्पन्न गरिएको छ ।

अष्ट ज अभियानका महासचिव निलकण्ठ तिवारीकी आमा विष्णु कुमारी तिवारीको निधनमा श्रद्धान्जलि कार्यक्रम आयोजना गरिएको अभियन्ता प्रकाश नेपालले बताएका छन् ।

पर्वत जिल्लाको पैञ्यु गाउँपालिका ६ सरौंखोलामा आयोजित श्रद्धान्जलि कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका केन्द्रीय अध्यक्ष लोककृष्ण भट्टराईले स्व. आमाले पुर्याउनु भएको सामाजिक योगदानबाट आफू प्रभावित भएको भन्दै आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादन अभियानमा अघि बढ्न उहाँका सन्तानहरु सक्रिय रहेको बताएका थिए ।


अभियन्ता प्रकाश नेपालले संचालन गरेको सो संक्षिप्त श्रद्धान्जलि कार्यक्रममा अभियन्ता माधब गजुरेल, स्व. विष्णु कुमारीका जेष्ठ सुपुत्र जयनारायण तिवारी, विश्वभाषा क्याम्पस काठमाण्डौंका प्रमुख भीमनाथ रेग्मी, त्रिविविकी कर्मचारी नेतृ पुजन आचार्य लगायतले उहाँको संस्मरणमा आफ्नो धारणा राखेका थिए ।

अष्ट ज अभियानको लिखित समवेदना नोट पढिएको उक्त कार्यक्रममा राजकुमार रेग्मी, चन्द्र पौडेललगायतका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

विंस १९९६ फागुनमा जन्मेर २०७६ भाद्र ३ गते निधन भएकी विष्णु कुमारीका जयनारायण, कृष्ण प्रसाद, निलकण्ठ र दीपक गरी ४ छारा र खुम कुमारी बसेल छोरी रहेका छन् ।

वि.सं.२०७६ भदौ ८ आइतवार १२:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...