back

सवारी दुर्घटनामा २ को मृत्यु

वि.सं.२०७६ भदौ ८ आइतवार

561 

shares
IME Limited
NTC AD

८ भदौ, काठमाडौं । ईलाम र धनकुटामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

ईलाम, ईलाम नगरपालिका–९ गोलाखर्कस्थित सडकमा को.१ त २२४५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही स्थानका कृष्ण बहादुर लम्जेलको ट्याक्टरले च्यापिएर मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका सोही स्थान निगुरे का २५ वर्षीया शान्ता बसेल र ८ वर्षीय बिजय बसेललाई उपचारको लागि जिल्ला अस्पताल ईलाम पठाइएको छ ।

त्यस्तै धनकुटा, साँगुरीगढी गाउँपालिका- ९ थाम्चुवास्थित सडकमा लु.४ त २६९९ नम्बरको ट्याक्टर सडकदेखि करिब ४० मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा चालक सुनसरी बराहक्षेत्र नगरपालिका- ८ मैनाबारीका राकेश चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

निर्माणाधिन तमोर करीडोरको लागि सिमेन्ट बोकेर ईटहरीबाट जादै गरेको सो ट्याक्टर राति अबेरसम्म आई नपुगेकोले सोही कन्स्ट्रक्सनका ठेकेदार पक्षका मानिसहरूले खोज्ने क्रममा उक्त ट्याक्टर दुर्घटना भएको अवस्थामा र चालक मृत फेला परेका थिए ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ भदौ ८ आइतवार १३:०४ मा प्रकाशित

कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर...

आज विश्व जनसङ्ख्या दिवस

आज विश्व जनसङ्ख्या दिवस

काठमाडौँ । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको...

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...