back

प्रधानमन्त्रीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य

वि.सं.२०७६ भदौ ८ आइतवार

36 

shares


८ भाद्र, काठमाडौँ । उपचारको सिलसिलामा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।
सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका उनमा गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।

रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने यो प्रक्रिया आज र अझ केही दिन निरन्तर रहने छ । उनको उपचार उक्त अस्पतालका विज्ञ चिकित्सकका साथै नेपाली चिकित्सकबाट समेत हुने बताइएको छ । प्रधानमन्त्री ओली मिर्गौला सम्बन्धी उपचारको सिलसिलामा यही भदौ ५ गते सिङ्गापुर प्रस्थान गरेका थिए। यसअघि उनी गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए।

केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि उनको मिर्गौलाको क्षमता अभिवृद्घिका लागि पुनः सिङ्गापुर गएका हुन् । प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत हुनुहुन्छ । (रासस)

वि.सं.२०७६ भदौ ८ आइतवार १३:३५ मा प्रकाशित

कोप-२८ : बन्ला त जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा ?

कोप-२८ : बन्ला त जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा ?

रमेश लम्साल, काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः...

कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : हामीमाथि भएको डरलाग्दो अन्याय रोकिनु पर्छ

कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : हामीमाथि भएको डरलाग्दो अन्याय रोकिनु पर्छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका...

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...