back

खुकुरी प्रहार गरेको अभियोगमा दुई जना पक्राउ

वि.सं.२०७६ भदौ ८ आइतवार

237 

shares
RBB AD
NTC AD

८ भदौ, दाङ । सामान्य विवादको कारण छिमेकीलाई खुकुरी प्रहार गरेको अभियोगमा दाङमा २ जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका -१५ बस्ने १८ वर्षीय त्रिशक्ति बर्तौलालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ कचोक बस्ने महेश हमाल र राजु चौधरी रहेका छन् ।

उनीहरुले खुकुरी प्रहार गर्दा घाइते भएका बर्तौलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले हमाल र चौधरीलाई खुकुरी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ भदौ ८ आइतवार १३:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बुटवलको डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान

बुटवलको डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान

लुम्बिनी । बुटवल उपमहानगरपालिका-८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार...

मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा, आगलागीबाट करोडौँको क्षति

मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा, आगलागीबाट करोडौँको क्षति

लुम्बिनी । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बिहिवार साँझदेखि लागेको...

दुबईमा बीस वर्ष बसेर फर्किएका वलीले भैँसी पालनबाट मासिक तीन लाख भन्दा बढी आम्दानी गर्छन्

दुबईमा बीस वर्ष बसेर फर्किएका वलीले भैँसी पालनबाट मासिक तीन लाख भन्दा बढी आम्दानी गर्छन्

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका –६ बचाहामा बाबुराम वलीले विगत तीन...

मुसहरका बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित छन्

मुसहरका बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित छन्

मर्चवार (रुपन्देही) । संविधानमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क पाउने हकलाई...

प्रदेश सरकारले कृषिक्षेत्रलाई प्राथमिकता दिने

प्रदेश सरकारले कृषिक्षेत्रलाई प्राथमिकता दिने

सिद्धार्थनगर (रुपन्देही) । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२...

अन्धकार बस्तीमा विद्युत् पुर्‍याउने अभियानमा प्राधिकरण

अन्धकार बस्तीमा विद्युत् पुर्‍याउने अभियानमा प्राधिकरण

तुलसीपुर (दाङ) । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत्...