back

जिल्लामै सफल कृषक महिला बनिन् मीना

वि.सं.२०७६ भदौ ८ आइतवार

99 

shares

८ भदौ, धम्बोझी । बर्दियाको बारबर्दिया नगरपालिका–१० मा जन्मिएकी मीना थारुले बाँकेलाई कर्मथलो बनाएको १८ वर्ष भएको छ । ४० वर्षीया थारुको पढाइलेखाइ नभएपनि उनमा हरेक काम र सीप ग्रहण गर्ने राम्रो क्षमता छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१३ बस्दै आएकी मीनाले जिल्लामै सफल महिला कृषकको रुपमा पहिचान बनाएकी छन् । उनको बारीमा थरीथरीको तरकारी देख्न सकिन्छ । विसं २०६९ बाट तरकारीको व्यावसायिकतामा लागेकी थारूलाई अहिले भ्याइनभ्याइ छ ।

आफ्नो जग्गामा र अरुसँग केही जग्गा भाडामा लिएर उनले तरकारी खेती गरेकी छन् । एउटै याममा तरकारी बेचेर रु दुई लाख कमाउन सकेको उनी बताउँछिन् । उनले मौसमी र बेमौसमी तरकारी लगाउने गरेकाले वर्षौंभरि बारीमा तरकारी हुने गर्दछ । उनी भन्छिन्, “मलाई वर्षभरि नै तरकारीले व्यवस्त बनाएको छ । यसबाट कमाइ पनि राम्रै भएको छ ।”

उनी आफैँ पनि टाउकोमा छिट्नी बोक्दै तरकारी बेच्ने गर्छिन् । आफूले विषादीरहित तरकारी उत्पादन गरेको भन्दै उनी आफूले उत्पादन गरेको तरकारीको प्रचारसमेत गर्छिन् । कोही घरमै तरकारी किन्न आउने गर्छन् ।

मेला, हाटबजारमा उहाँले बाटो बाटोमा तरकारी बेच्छिन् । घरमै बसेर तरकारी खेती गर्दा राम्रो कमाइ भएकाले लौका, फर्सी, भिण्डी, साग, भण्टा, सिमी, करेला, बोरी, खुसार्नी लसुन, प्याज, च्याउलगायत अन्य विभिन्न प्रकारका तरकारी लगाएकाले उनको बारी वर्षौंभरि हरियाली हुने गर्दछ ।

बजार मूल्यभन्दा सस्तोमै आफूले गुणस्तरीय तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेकाले पछिल्लो पटक तरकारीको माग अझै बढ्दै गएको उनको भनाइ छ । अन्य महिलालाई पनि तरकारीखेती गरेर व्यावसायिक बन्न आफूले प्ररणा दिएको उनी बताउछिन् । रासस

फाइल फोटो

वि.सं.२०७६ भदौ ८ आइतवार १४:०६ मा प्रकाशित

बसको ठक्करबाट दुई जनाको मृत्यु

बसको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

बसकोे ठक्करबाट पैदल यात्रीको मृत्यु

बसकोे ठक्करबाट पैदल यात्रीको मृत्यु

जानकी (बाँके) । बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल...

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

देवचुलीमा माओवादीको प्रशिक्षण कार्यक्रम सम्पन्न

देवचुलीमा माओवादीको प्रशिक्षण कार्यक्रम सम्पन्न

नवपुर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को अगुवा कार्याकर्ता...