
८ भाद्र, युगान्डा । गैरआबासिय नेपाली संघ, युगान्डाले गत महिना बाढीबाट प्रभावित गुल्मी जिल्ला, सत्यवती गाउपालिकाका बाढी पीडितहरुलाई एक हजार अमेरिकी डलर सहयोग गरेको छ ।
एनआरएनए युगान्डाका नवनिर्बाचित अध्यक्ष बिनोद थापाले बाढीले बिपत्तिमा रहेका सत्यवती गाउँपालिका गुल्मीका बिपन्न परिवारलाई गाउँपालिका मार्फत उक्त सहयोग रकम बाँडिने जानकारी दिए ।
संघका अन्तर्रास्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले एनसीसी युगान्डाको नियमित परोपकारी कार्यको प्रशंसा गर्दै , उक्त रकम सत्यवती गाउँपालिका गुल्मीलाई यथाशीघ्र पठाउने बताए ।
वि.सं.२०७६ भदौ ८ आइतवार १५:०० मा प्रकाशित