back

रविमाथि निष्पक्ष छानविनको खबरादारी गर्न नायिका स्वेता पुगिन् चितवन

वि.सं.२०७६ भदौ ८ आइतवार

465 

shares
IME Limited
NTC AD

८ भदौ, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई भेट्न तथा निष्पक्ष छानविनको खबरदारी गर्न नायिका स्वेता खड्का चितवन पुगेकी छन् ।

संचारकर्मी रवि लामिछानेलाई पुडाशैनीको आत्महत्या प्रकरणमा आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा गत साउन ३० गते हिरासतमा लिइएको थियो ।

चलचित्र संघकी पूर्वअध्यक्ष समेत रहेकी रवि पत्नी निकितालाई ढाडस दिन र रविमाथि निष्पक्ष छानविन हुनुपर्छ भनेर खबर दारी गर्न आफू चितवन पुगेको स्वेता खड्काले सामाजिक संजालमा लेखेकी छन् ।


के लेखेकी छन् त स्वेताले ?
यतिखेर चितवनमा छु । निकिता दिज्युलाई ढाडस दिनु र निस्पक्ष छनविनको लागि खबरदारी गर्नुलाई मैले आफ्नो कर्तब्य ठानेकीछु । अनुसन्धानमा खटिनु भएका अधिकारीहरुले मृतक सालीकराम पुडासैनीको बारेमा नयाँ तथ्यहरु पत्ता लगाउदै जानु (जुन कान्तिपुर दैनिक र सोसियल मिडियाहरुको प्रकाशनमा आईरहेकाछन) ले पनि रवी दाई निर्दोश सावित हुनेमा ढुक्क भएका छौ । अदालत अगाडि भेला भएका हजारौ जनसागरको आँखामा पनि मैले त्यही आशा देखेको छु । टण्टलापुर घाम र अखण्ड गर्मीका बावजुद पनि रवी दाईको लागि सुवेक्षा, आशिर्वाद र प्रार्थना गरिरहेका मानवसागरले यतिखेर कुनै उग्र राजनैतीक नारा लगाएका छैनन् नत सरकार बिरोधी चर्का स्वरहरुनै निकालेका छन । हातमा चन्द्र सुर्य राष्ट्रिय झन्डा बोकेका हजारौ राष्ट्रप्रेमीहरुको आँखामा निस्पक्ष छानविन नहुने हो कि ? पैसा र पावरको पैतालाले ’न्याय’ कुल्चने हो कि ? भन्ने शंका भने प्रस्टै देखिन्छ । आमजनताको आँखामा देखिएको शंकाको को कालो पर्दालाई च्यातेर वास्तविकदृश्य देखाउनमा हाम्रो न्यायलय सफल हुनेछ भन्ने आशा र विश्वाश लिएका छौ ।’

वि.सं.२०७६ भदौ ८ आइतवार १७:३४ मा प्रकाशित

चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

काठमाडौँ । आगामी भदौ १२ गतेदेखि प्रदर्शनका लागि तय भएको...

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’ : निर्देशक ओम प्रतीक

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’ : निर्देशक ओम प्रतीक

काठमाडौँ । आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’...

बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक

बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक

काठमाडाैँ । बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक भएको...

‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल

‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल

काठमाडौँ । अभिनेत्री वसुन्धरा भुसालले सहकारी अपचलनसम्बन्धी कथामा आधारित रहेर...