back

आफ्नै घरमा ११ दिनदेखि बन्धक ?

वि.सं.२०७६ भदौ ९ सोमवार

213 

shares
RBB AD
NTC AD

९ भदौ, सर्लाही । सर्लाहीको ईश्वपुर नगरपालिकामा एक महिलालाई उनका घरपरिवारले आफ्नै घरमा बन्धक बनाई यातना दिने गरेको भेटिएको छ ।

ईश्वरपुर– १ स्थित पोखरिया टोलकी २२ वर्षीया मुस्लिम महिला नुरजहाँ खातुनलाई विगत ११ दिनदेखि आफ्नै घरमा बन्धक बनाएर यातना दिने गरेको मानवअधिकारकर्मीको टोलीले भेटेको छ । घरेलु हिंसामा रहेकी महिलाको मानवअधिकारकर्मीको टोलीले फेला पारी उद्धार गरेको छ ।

सासूससुरा र पतिले दिनहूँ गाली गर्ने , कुटपिट गर्नुको साथै केही दिनदेखि नियमित खाना पनि बन्द गरेको र आफूसँग भएको मोबाइल खोसी माइती घरमा कुरा गर्नसमेत नदिएको पीडित महिलाले बताएकी छिन् ।

यसरी कैयौंपटक आफूलाई निर्वाध कुटेको र कुटाइपछि आफू बेहोस भएपछि गोप्य रूपमा गाउँकै निजि अस्पताल लगी उपचार गराएको पीडितको आरोप छ ।

पीडित महिलाका अनुसार उनका पति रिजवान अंसारीको बिहेअघि अर्कै केटीसँग प्रेम सम्बन्ध रहेको थियो । तर, रिजवानले परिवारका दबाबका कारण हरिपुर्वा नगरपालिका –९ बस्तीपुर निवासी जुमराती अंसारीकी छोरी नुरजहाँ खातुनसँग साढे तीनवर्ष अघि मुस्लिम परम्पराअनुसार बिहे गरेका थिए । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ भदौ ९ सोमवार ०७:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले...

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने...

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न...

सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदको माग

सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदको माग

काठमाडौं । नेकपा एमालेका सांसदहरुले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय...

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो, एक जना घाइते

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो, एक जना घाइते

किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभाको खाँदबारी नगरपालिका-११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले...

एमाले सांसद भट्टराईद्वारा बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

एमाले सांसद भट्टराईद्वारा बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

  काठमाडौं । सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन...