back

अमेरिकी संसदका कांग्रेस म्यान र नेपाली समुदायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०७६ भदौ ९ सोमवार

207 

shares
RBB AD
NTC AD

२६ अगस्त, अमेरिका । अमेरिकी संसद कांग्रेस म्यान जो नेगस् र नेपाली समुदायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

हेल्पिङ हेण्डसका अध्यक्ष नारायण श्रेष्ठको संयोजनमा कोलोराडो डिष्ट्रिक २ का कांग्रेस म्यान जो नेगस्सँग नेपाली भाषी समुदायको सामुदायिक विकास लगायतका विषयमा अन्तरक्रिया गरिएको हो ।

छलफल तथा प्रश्नोत्तर कार्यक्रममा सहभागीहरुले इमिग्रेन्टहरुका लागि अमेरिकी सरकारबाट लागु भएका नीति तथा कार्यक्रम टि.पि.एस, भिसा स्टाट्स चेन्ज, ओभर स्टे, नेपाली भाषामा ड्राइभर लाइसेन्सको परीक्षा, नेपाली सामुदायिक भवन, शिक्षा, हेल्थ इन्स्युरेन्स, मेडिकेट, पब्लिक चार्ज, मडिकेयर, अमेरिकी राजनीतिमा प्रवेश गर्ने तरिका, बसोबास, रोजगारी लगायतका विषयमा समस्या तथा जिज्ञासाबारे छलफल गरिएको थियो । साथै उक्त विषयहरु बुँदागतरुपमा लिस्ट तयार गरेर कांग्रेस म्यान जोलाई हस्तान्तरण गरिएको थियो ।

सहभागीलाई सम्बोधन गर्दै नेगस्ले आफू पनि अफ्रिकी मुलको इमिग्रेन्डको सन्तान भएकोले इमिग्रेन्टहरुको समस्या समाधान गर्न सक्दो पहल गर्ने आस्वासन दिएका थिए । उनले यसबाहेक अन्य कुनै पनि समस्या परेमा आफ्नो सम्पर्क कार्यालय बोल्डर र फोर्टकोलिन्समा सम्पर्क गर्न पनि सुझाएका थिए ।

नेपाली भाषी समुदायको समस्या तथा त्यसका कारणहरु सोझै अमेरिकी संसदका कांग्रेस म्यान समक्ष सामुहिक रुपमा राखिएको कोलोराडोको ईतिहासमा यो पहिलो कार्यक्रम हो ।
कार्यक्रममा जोनाथन सिंगर स्टेट रेप्रिजेन्टेटिभ कंग्रेसम्यान, एरीका ब्लम ईमिग्रेसन स्पेसलिष्ट, जिल ग्रानो डाईरेक्टर अफ कम्यूनिटी अफैर्स, नेपाली तथा नेपाली भाषी भुटानी संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुिद्धजीवी, पत्रकार, कलाकार, सर्वसाधारण लगायतको उपस्थिती रहेको थियो ।

दिउसो २ बजे देखि ३.३० बजेसम्म लाफेटस्थित पब्लिक लाईब्रेरीमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमको सहजिकरण गर्दै हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठले समयको ब्यस्तताको बावजुद पनि नेपाली समुदायको समस्याको समाधानार्थ कार्यक्रममा सहभागी भई सहभागीहरुको जिज्ञासा समाधान गरिदिएकोमा कांग्रेस म्यान जो नेगस् सहित सबै टिमलाई धन्यवाद दिए । उनले यस्ता अन्तरक्रिया कार्यक्रमले अमेरिकी सरकार र नेपाली भाषी समुदायबिचको दूरी घटाउने भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्न कोलोराडोमा सक्रिय संघ संस्थाहरुलाई आग्रह गरेका थिए ।

वि.सं.२०७६ भदौ ९ सोमवार ०९:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोल, कोरिया । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले...

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

काठमाडौं । केन्यामा रहेका नेपालीहरुका लागि राहदानी विशेष कार्यक्रमको आयोजना...

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

विजय थापा । अमेरिकाको ५० वटा राज्यका राजधानी ७ वटा...

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...