back
CTIZAN AD

हरेक दिन १५ नेपालीद्धारा आत्महत्या, एकवर्षमा एकसय ३३ आत्महत्या दुरुत्साहनका मुद्दा दर्ता

वि.सं.२०७६ भदौ ९ सोमवार

933 

shares

९ भदौ, काठमाण्डौं । नेपालमा हरेक दिन १५ नेपालीले आत्महत्या गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा देशभर ५ हजार सातसय ८५ जनाले आत्महत्या गरेका थिए । जसमा आत्महत्या दुरुत्साहन सम्बन्धी एक सय ३३ वटा मुद्दा दर्ता भएको थियो ।

यसअघि एक सय ३१ वटा मुद्दा अदालतमा दर्ता भइसकेको थियो । आइतबार संचारकर्मी रवि लामिछानेसहित तीनजना विरुद्ध दायर भएको मुद्दा १३२ औं हो । अर्को एक मुद्दा महानगरीय प्रहरी परिसर ललितपुरमा अनुसन्धानको क्रममा रहेको छ ।

प्रहरीका अनुसार यस अबधिमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा आत्महत्या दुरुत्साहनका ३६ वटा मुद्दा दायर भएका छन् । कैलालीमा मात्र १३ मुद्दा दायर भएका छन् । कन्चनपुरमा ११ तथा बाजुरामा चारवटा आत्महत्या दुरुत्साहनका मुद्दा चलाईएको प्रहरीले जनाएको सोमबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै प्रदेश ५ मा २५, प्रदेश १ मा २५, प्रदेश ३ मा १६, प्रदेश २ मा १२, गण्डकी प्रदेशमा पाँचवटा मुद्दा दायर भएका छन् । उपत्यकामा ११ वटा यस्ता मुद्दा दर्ता भएका छन् ।

वि.सं.२०७६ भदौ ९ सोमवार ०९:३४ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...