back

अफगानि महिलाको पीडा : मन्त्रीले नै गर्छन् यौन दुव्र्यवहार, जागिर माग्दा यौन-प्रस्ताव

वि.सं.२०७६ भदौ ९ सोमवार

174 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

९ भदौ, काबुल । अफगानिस्तानमा महिलामाथि हुने हिंसा बढिरहेको छ । अझ सरकारकै उच्च तहमा हुनेहरुको यौन दुव्र्यवहार कहाली लाग्दो छ ।

एक पीडित महिला कर्मचारीले आफूमाथि पूर्वमन्त्रीले बारम्बार यौन दुव्र्यवहार गरेको गुनासो गरेकी छन् । यौन दुव्र्यवहारको प्रतिकार गर्दा उनीमाथि भौतिक आक्रमण समेत भएको ऐजेन्सीलाई उद्धृत गर्दै सोमबारको नयाँपत्रिका दैनिकले लेखेको छ । ‘उसले प्रत्यक्ष रुपमा त्यस्तो प्रस्ताव गर्लान् भन्ने सोचेको पनि थिइनँ । उसको प्रस्ताव सुनेर भाग्न खोज्दा उसले मेरो हात समातेर आफ्नो कार्यकक्षमा पछाडिको कोठामा लग्यो,’ उनले भनिन्, ‘मैले उसको छातिमा घचेटेर धकेलिदिएँ ।’ मन्त्रीको दुव्र्यवहारपछि उनले भोलिपल्टै पदबाट राजिनामा दिएको बताएकी छन् ।
त्यस्तै अर्की महिलाले अफगानि राष्ट्रपति असरफ घानीका सहयोगीले नै यौन–प्रस्ताव गरेको बताएकी छन् । सरकारी जागिरका लागि निवेदन दिएकी उनलाई सेक्स प्रस्ताव गरियो, सेक्स प्रस्ताव स्वीकारे रोजगारी निश्चित भनिएको थियो ।

‘ती व्यक्ति राष्ट्रपति घानीसँगै बारम्बार देखिन्थे । उसले मलाई आफ्नो निजी कार्यालयमा आउन अनुरोध गर्यो । उ म नजिक आयो र सेक्स र ड्रिंक्स गर्न प्रस्ताव गर्यो । उसको प्रस्ताव स्वीकारे रोजगारी निश्चित थियो,’ उनले भनिन्, ‘म सँग दुई विकल्प थिए, प्रस्ताव स्वीकार्ने वा छाड्ने । मैले स्वीकारेको भए एकभन्दा बढी व्यक्तिले यौन प्रस्ताव गर्थे । उनको प्रस्तावले त्रसित बनेर म कोठाबाट कुलेलाम ठोके ।’

‘यस्तो दुव्र्यवहारबारे न्यायाधिश, प्रहरी र अभियोजनकर्तालाई गुनासो गर्दा उल्टै उनीहरु यौन प्रस्ताव राख्छन् । उच्च तहका व्यक्तिले नै यौन–प्रस्ताव गर्नु एउटा संस्कृति बनेको छ ।’ उनी भन्छिन् ।

अफगानिस्तानलाई महिलाहरुका लागि विश्वकै सबैभन्दा खराब राष्ट्रमा राखिएको छ । सन् २०१८ मा संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको एक प्रतिवेदनमा महिलामाथि चरम यौन दुव्र्यवहार हुने गरेको र त्यस्ता दुव्र्यवहारका उजुरी फिर्ता गर्न बाध्य पारिएको उल्लेख छ ।

वि.सं.२०७६ भदौ ९ सोमवार १०:०३ मा प्रकाशित

अनुचित लेनदेखसम्बन्धी सात सय ७९ उजुरीमा मिलापत्र

अनुचित लेनदेखसम्बन्धी सात सय ७९ उजुरीमा मिलापत्र

बारा । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म सात सय ७९...

युक्रेनमा रुसलाई असफल पार्न ‘कुनै पनि कुरा अस्वीकार नगरेको’ फ्रान्सको भनाइ

युक्रेनमा रुसलाई असफल पार्न ‘कुनै पनि कुरा अस्वीकार नगरेको’ फ्रान्सको भनाइ

पेरिस । फ्रान्सका प्रधानमन्त्री ग्याब्रियल एटलले युक्रेनमा रुसी विजयलाई रोक्नका...

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

निरन्तर उकालो यात्रामा नेप्से, १३ मध्ये ६ उपसमूहको मूल्यमा गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

मिटरब्याज विवादमा सात सय ७९ उजुरी मिलापत्र

मिटरब्याज विवादमा सात सय ७९ उजुरी मिलापत्र

बारा । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म सात सय ७९...

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि

गण्डकी । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।...

स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराती

स्वर्गीय आचार्य आदर्श व्यक्तिः मन्त्री किराती

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीत–सङ्गीतको...