back

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण चिन्ताको विषय ः ट्रम्प

वि.सं.२०७६ भदौ ९ सोमवार

66 

shares

९ भदौ, फ्रान्स । उत्तर कोरियाली हतियार परीक्षणले आफूलाई बेखुशी बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन । तर उनले उत्तर कोरियाली परीक्षणलाई खासै महत्वको नभएको भनी हल्का टिप्पणी गरे ।

“क्षेप्यास्त्र परीक्षणप्रति म खुशी छैन तर फेरि उहाँ (उत्तर कोरियाली नेता किम जोङ–अन) सहमतिको उल्लङ्घन गर्ने पक्षमा पनि हुनुहुन्न ।”

उत्तर कोरियाली राज्य सञ्चालित सञ्चारमाध्यमले किमले छोटो दूरीको बहुमुखी रकेट प्रक्षेपक क्षेप्यास्त्र परीक्षण गरेको निरीक्षण गरेको भन्ने समाचार प्रशारण गरेपछि ट्रम्पको उक्त भनाइ आएको हो ।
उत्तर कोरियाले शनिबार उक्त छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण परीक्षण गरेको दक्षिण कोरियाली सेनाले बताएको थियो । अमेरिका–दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासको विरोधस्वरूप पछिल्लो समय केही छोटो दूरीका हतियार परीक्षण गरेको बताइएको छ ।

तर जापानी प्रधानमन्त्री सिन्जो आवेले यसबारे विपरीत धारणा व्यक्त गरेका छन् । उनले भने, “उत्तर कोरियाका पछिल्ला परीक्षण संयुक्त राष्ट्रसङ्घको नियमको प्रष्ट उल्लङ्घन हो र यो ‘गम्भीर खेदजनक’ कार्य हो ।” (एएफपी)

वि.सं.२०७६ भदौ ९ सोमवार १०:०५ मा प्रकाशित

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...