back

वेष्टइण्डिज विरुद्ध भारतको ऐतिहासिक जित

वि.सं.२०७६ भदौ ९ सोमवार

336 

shares
NTC AD

९ भदौ, काठमाण्डौं । वेष्टइण्डिज र भारतवीच ब्लतष्नगब मा भएको पहिलो टेस्टमा भारतले एतिहासिक जित निकाल्न सफल भएको छ । टस हार्दै भारतले पहिलो ब्याटिङ गरेको थियो ।

पहिलो इनिङ्गमा भारत २९७ रनमा आउट भएको थियो । त्यसपछि व्याटिङ गर्नआएको वेष्टइण्डिज भारत भन्दा अझै कम रन २२२ मा अलआउट भएको थियो । पहिलो इनिङ्गमा ७५ रनको लिड लिएको थियो । दोश्रो इनिङमा भारतका लागि रहाणेले सानदार शतक बनाएका थिए । रहाणेलाई साथ दिँदै विराट कोहलीले पनि अर्धशतक बनाए । दोश्रो इनिङ्गमा भारतले ३४३ रनमा आफ्नो इनिङ्गको घोषणा गरेको थियो ।

दोश्रो इनिङ्गमा भारतले ३४३ रन र पहिलो इनिङको ७५ रनको लिडले वेष्टइण्डिजलाई जितका लागि ४१९ रनको विशाल लक्ष्य दिएको थियो । दोश्रो इनिङ्गमा वेष्टइण्डिजका लागि ब्याटिङ्ग गर्न आएका तीन व्याट्सम्यान बाहेक अरुले दोहोरो अंक सम्म पुग्न सकेनन् । वेष्टइण्डिजका लागि सर्वाधीक रन रोचले बनाए । उनले ३८ रन बनाएका थिए । भारतका लागि भने सबैभन्दा उत्कृष्ट बलर बुमराह बने । उनले ८ ओभरमा ७ रन दिएर ५ विकेट लिएका थिए ।

त्यसैगरी इशांत शर्माले पनि ९.५ ओभर गर्दै ३१ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शमीले पनि २ विकेट लिन सफल भए ।

वेष्टइण्डिज १०० रनमै अलआउट हुँदा भारतले विशाल जित हात पारेको छ । भारतले वेष्टइण्डिजलाई ३१८ रनले जित्दै भारतको टेष्ट क्रिकेट सबैभन्दा फराकिलो जित भएको छ ।

त्यसैगरी विराट कोहलीको कप्तानीमा भारतले आफ्नो देश बाहिर सबैभन्दा बढी जित निकालेको छ ।

वि.सं.२०७६ भदौ ९ सोमवार १०:२५ मा प्रकाशित

ADBL AD
पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ

पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ

म्याग्दी । जिल्लाको अन्नपूूर्ण गाउँपालिका-७ घराम्दीका खेलाडीले मौरिस हर्जोग पदमार्ग...

एकचालिस करोडको निर्माणाधीन रङ्गशाला अलपत्र

एकचालिस करोडको निर्माणाधीन रङ्गशाला अलपत्र

चौतारा (सिन्धुपाल्चोक) । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ...

सिस्नेरी पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो

सिस्नेरी पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो

बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु...

नेपालले ओमानसँग खेल्दै

नेपालले ओमानसँग खेल्दै

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो...

माझगाउँमा भवन उद्घाटन र भलिबल प्रतियोगिता हुँदै

माझगाउँमा भवन उद्घाटन र भलिबल प्रतियोगिता हुँदै

काठमाडौँ । पर्वतको विहादी गाउँपालिका-६, शालिग्राम स्थित माझगाउँमा बृहत् सांस्कृतिक...

एनएमबि बैंकद्वारा खेलाडी पलेशा र प्रशिक्षक नेगीलाई नगद सम्मान प्रदान

एनएमबि बैंकद्वारा खेलाडी पलेशा र प्रशिक्षक नेगीलाई नगद सम्मान प्रदान

काठमाडौं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य...