
२६ अगस्त, जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको उपाध्यक्षमा नरेन्द्र बस्नेत दिनेशले उम्मेदवारी घोषणा गरेका छन् ।
‘पारदर्शिताको साथमा विकृति र विसंगतिको विरुद्ध पहरेदारी’ को नारा लिएर एनआरएनए जापानको उपाध्यक्षमा उम्मेदवारी दिएका बस्नेतले सुन्दर कागजी घोषणापत्र बाड्नु भन्दा परिणाम दिएर विस्वस्त पार्नु सक्नु राम्रो हो भन्दै जापानवासी नेपालीको समग्र हितसँग जोडिएका हरेक किसीमका गतिबिधि या कार्यक्रममा आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन् –
आदरणीय जापानवासी नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरुमा हार्दिक नमस्कार
म नरेन्द्र कुमार बस्नेत (दिनेश) २००५ को अप्रिलमा अध्ययनको शिलशिलामा जापानको दोश्रो ठूलो शहर ओसाका प्रवेश गरी निरन्तर ओसाकामा बसोबास गर्दै आफ्नो ब्यबसायिक कर्मको साथमा जानेको बुझेको सकेको समाज र राष्ट्रको लागि गर्दै आइरहेको छु । साथै परदेशी जीवनको सुरुवातीसँगै देखि गैरआवासीय नेपाली संघ जापानसँग आवद्व भई अघि बढिरहेको अवगत गराउन चाहन्छु ।
विभिन्न आरोह र अवरोहका बीच पनि आफूलाई परिष्कृत गर्दै अघि बढिरहेको संसारिक संजालको एनआरएन अभियानमा समेत सक्रियताका साथ आफ्नो जिम्मेवारी पूरा गरि नेपालीको हितमा निरन्तर लागिरहेको छु ।
सन २००३ अक्टोबर ११ मा लण्डनमा सम्पन्न गैरआवसीय नेपालीहरुको वृहत भेलाले संसारभर बिबिध परिस्थितिले बिदेशिएका नेपालीहरुलाई संगठित गर्दै नेपालको विकास र प्रवद्र्धनमा टेवा पुर्याउदै संगठित रुपमा एक हुदै नेपालीहरुको हित र पक्षपोषण गर्ने उद्धेश्यका साथ सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्ने एक जिम्मेवार संस्थाको रुपमा स्वतन्त्र गैह्र नाफामूलक संघको रुपमा गैह्रआवासीय नेपाली संघको स्थापना भयो ।

संघको वृहत्तर दायराभित्र रही सन् २००४–०२–१२ मा टोकियोमा सम्पन्न भेलाले राष्ट्रिय समन्वय परिषद जापान एनआरएन जापानको गठन एवं संचालनको लागि अग्रणी भूमिका रहयो । एनआरएन जापानको स्थापनासँगसँगै यसलाई जापानको हरेक क्षेत्रमा पुरयाउनु पर्छ भन्ने उद्धेस्यले कान्साई क्षेत्रलाई समेट्ने गरि एनआरएन कान्साईको क्षेत्रीय समिति गठन २००६–११–२६ मा गरिएको र यो क्षेत्रीय समिति गठनका लागि संस्थापकको रुपमा बिशेस भूमिका निभाउने अवसर मैले पनि प्राप्त गरेको थिए । तत्कालिन परिस्थितिमा आफू बिद्यार्थी जीवनमा रहेको र संस्थामा प्रत्यक्ष बसी सहयोग गर्न सक्ने आफूसँग यथेस्ट समय र परिस्थिति त्यति अनुकुल नहुने ठम्याईले म आफू कार्यसमिति बाहिर रहेर निरन्तर सहयोग गर्दै अभियानसँग जोडी नै रहे जसको फलस्वरूप २००७ र २००९ मा क्रमश ः कान्साई क्षेत्रबाट प्रतिनिधित्व गर्दै एनआरएनए जापानको केन्द्रीय सदस्य हुने अवसर प्राप्त हुँदा हुदै पनि पद प्राप्ति मात्रै ठूलो हैन पाएपछि त्यसलाई न्याय दिन आफू कत्तिको अनुकुल छु भन्ने कुराहरुलाई प्राथमिकताको चरणमा राखी कार्यसमितिबाट बाहिर बसी निरन्तर जानेको सकेको बुझेको सहयोग गर्दै आएको र २०११–२०१३ को कार्यकाल एनआरएन कान्साइको उपसंयोजक त्यसैगरि २०१३–२०१५ को कार्यकाल एनआरएन कान्साइको संयोजक रहेर सफलतापूर्वक आफ्नो कार्यकालमा कान्साईबासी मात्रै नभएर जापानबासी नेपालीहरुको मन जित्दै सम्पन्न गरेको त्यसै गरि २०१५–२०१७ को लागि एनआरएन जापानले मेरो कार्य क्षमता र कौसलतालाइ विश्वास गरि दिएको क्षेत्रीय समिति समन्वयको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्दै हाल २०१७–२०१९ को कार्यकालमा केन्द्रीय सल्लाहकारको रुपमा संस्था र समाजको हितप्रद कार्यहरु गर्दै आएको छु ।
म आफू कान्साईको संयोजक भएको बेलामा नै गैह्रआवाशीय नेपाली संघ जापानको राष्ट्रिय अधिबेशन जापानको इतिहासमा पहिलोपटक टोक्यो बाहिर ओसाकामा भब्य र सभ्य रुपमा सम्पन्न गरिएको थियो भने २०१५ अप्रिल २५ मा नेपालमा गएको बिनासकारी भूकम्पमा एनआरएनए, एनआरएन जापानसँगको सहकार्यमा गर्ने सहयोगको साथमा एनआरएन कान्साईको तर्फबाट अलग्गै गोर्खा, चितवन र धादिंगका बाढीपीडितलाई तत्काल राहत सहयोग पुरयाउनुको साथै मेरै नेतृवको कार्यसमिति र हामीलाई विश्वास गर्ने कान्साईबासी नेपाली तथा जापानीहरुको सहयोगबाट उठेको रकमबाट सिन्धुपाल्चोक र उदयपुरमा भूकम्पले क्षत–विक्षत भएको दुइवटा निम्न माध्यमिक बिद्यालयको निर्माण सम्पन्न गरि सम्बन्धित विद्यालयको संचालक समितिलाइ औपचारिक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको साथै विभिन्न चरणमा जापानमा आइपर्ने हरेक किसिमिका हरेक वर्गका नेपालीहरुको समस्याहरुमा सम्भब भएसम्म पिडितको लागि न्याय दिलाउने कुरामा सदैब सक्रिय हुदै आइरहेको छु ।
परदेशको ब्यस्त जीवनसैलीको बाबजुद आफ्नो समय र पैसा खर्चिएर राष्ट्र र यहाँको नेपाली समाजको हितको लागि तल्लिन यो भोलियन्टियर अभियान बाहिरबाट हेर्दा जति आकर्षक देखिन सक्छ साचिकै खटेर लाग्दै गर्दा समय समायोजन, व्यक्तिगत, आर्थिक ब्यबस्थापन लगायतको हरेक हिसाबले त्यतिकै खर्चिलो र अब्जसिलो पनि छ । यो अभियानमा एक व्यक्ति भन्दा पनि टिमवर्क महत्वपूर्ण हुने भएको र टिमवर्कसँगै सम्पूर्ण समुदायको हरेक किसिमको सकरात्मक सहयोग महत्त्वोपूर्ण हुने भएकोले पनि यहाहरुको सल्लाह सुझाब र सहयोग बिना मेरो यो अभियान र आउदै गरेको उम्मेदवारी अधुरो र अपुरो हुने मैले आभास गरेको छु ।
एनआरएन अभियानमा जोडिएर सामाजिक कार्यमा निरन्तर प्रतिबद्व भइ लागेकोले गैह्रआवसीय नेपाली संघ जापानको २०१९(२०२१ को नयाँ कार्यकालको लागि बिभिन्न पदका आकांक्षीहरुको उम्मेद्बारी आउने क्रम तिब्र हुँदै गर्दा संस्था र समुदायप्रति मैले गरेको योगदानलाई मुल्याङ्कन गर्दै मलाई आगामी कार्यकालको जिम्मेवारी तहमा हेर्न चाहनु हुने अग्रज, सहकर्मी, र मलाई चिन्नु हुने सम्पूर्णले उम्मेद्वारी चाडो प्रकाशित् गर्न आग्रह गर्दै आउनु भएता पनि बिधिबत् रुपमा निर्वाचन केन्द्रित गरेर सम्पूर्ण माझ आफ्नो आकांक्षा प्रस्तुत गर्दा उपयुक्त होला भन्ने सोचलाई आत्मसाथ गर्दै साथै यो संस्था र अभियानलाई लामो समय प्रत्यक्ष या अप्रत्यक्ष रुपमा बुझेका, महत्वपूर्ण जिम्मेवारी बहन गरेका र समाजको बिभिन्न क्षेत्रमा आ–आफ्नो अलग पहिचान बनाएका हरेक बर्ग र क्षेत्रका महानुभावहरुले म प्रति देखाउने भएको आशा, विश्वास र मायालाई आत्मसाथ गर्दै आगामी कार्यकालको सम्पूर्ण क्षेत्रको प्रतिनिधित्व गर्दै उपाध्यक्ष पदमा उम्मेद्वारी दिने निश्कर्षमा पुगेको जानकारी गराउदै बिगतका दिनहरुमा सामाजिक काम प्रतिको मेरो भूमिकालाइ र जिम्मेवारी बहन प्रति देखाउनु भएको मायाले मेरो उम्मेद्वारी लाई परिणाम्मुखी बनाउन तपाईं सम्पूर्णको सदाझै निस्वार्थ सहयोग र सल्लाह रहनेछ भन्ने विश्वास लिएको छु ।
हुन त धेरैतिर बाट आगामी कार्यकालका लागि एनआरएन जापानको दाबेदारीको रुपमा आवाज र अनुरोधहरु नआएका पनि हैनन् तर मेरो विचारमा पद प्राप्ति भन्दा पनि त्यसपछि आफुले निभाउन सक्ने भूमिका बिशेस गरि (समाजको लागि व्यक्तिगत समय समायोजनको बिषयमा) आफ्नो केहि व्यस्तताले क्याप्टेनको भूमिकामा अवसर प्राप्त भएपनि एनआरएन लाई बुज्दै सिक्दै र समय समायोजन लगायतका केहि बिशेष परिस्थितिले न्यायसंगत नहोला कि भन्ने मेरो व्यक्तिगत ठम्याई रहेकोले आफू एक कदम तल रहेर क्याप्टेन, टिम र संस्था लाइ कुशलबाटो तिर लाने गरि साथै पछिल्लो समय १४ ओटा क्षेत्रीय समितिबाट ९ ओटा मा खुम्चिदै गरेको क्षेत्रीय समितिहरुको नैरास्य पूर्ण स्थितिलाइ स्वस्पÞmुर्त बृहत बनाएर अगाडी बढ्नुपर्ने चुनौतीपूर्ण सम्पूर्ण क्षेत्रीय समितिको प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदको उम्मेदवार रहने अबगत गराउदछु ।
हाल सम्मको मेरो बिबिध अनुभवहरु र यहाहरुको साथले मलाई संस्था तथा समाजप्रति अझै जिम्मेवार, परिपक्वता र नेतृत्व गर्ने क्षमतामा निखारपन ल्याएको मैले अनुभूत गरेको छु, जापानको विभिन्न ठाउको नेपाली समाजमा सक्रिय सम्पूर्ण संघसंस्था, समुदायहरु, अग्रजहरु, युवाहरु, नबपुस्ताहरु सबैलाई समेटेर अघि बढ्ने प्रण गर्दै सदैब यहाँहरुको अमूल्य सल्लाह सुझाब र सहयोगको लागि बिनम्र अनुरोध गर्दछु ।
एनआरएन अभियानसँग निकटता रहेको हुदा नेपालीहरुको समस्यासँग नजिक त छदै छु, त्यो भन्दा बढ्ता समाधानका लागि आफूले अग्रस्थानमा रहेर विभेदित मनस्थिति नराखी सदैब आफूले सकेको भूमिका निस्वार्थ निर्वाह गरेको अनगिन्ति उदहारण रहेको कुरा म र मेरो सामाजिक गतिबिधिहरुसँग चिर परिचितहरु सबै अबगत नै हुनुहुन्छ भन्ने आशा राखेको छु ।
व्यक्तिगत समय र खर्च गरेर गैह्रनाफामुलक यो सामाजिक अभियानको एउटा सिपाही भएको नाताले राजनीतिक पार्टीहरुको सुन्दर कागजी घोषणापत्रहरु जस्तो आश्वासन बाड्नु भन्दा पनि परिणाम दिएर बिस्वस्त पार्न सकेमा राम्रो हुने कुरामा म व्यक्तिगत रुपमा विश्वास गर्ने भएकोले आफू निर्बाचित भएको खण्डमा यो गर्छु र त्यो गर्छु भनेर ऐले नै आस्वासन बाड्नुभन्दा पनि संस्थाको मूल्य मान्यतालाई बिशेष प्राथमिकतामा राखेर राष्ट्रियहित र जापानबासी सम्पूर्ण नेपालीहरुको समग्र हितसँग जोडिएका हरेक किसिमका गतिबिधि या कार्यहरु मेरो प्राथमिकता मा रहने यहाहरु माँझ जानकारी गराउन चाहन्छु ।
जय एनआरएन
नरेन्द्र कुमार बस्नेत (दिनेश)
उपाध्यक्ष पदको उम्मेद्वार (क्षेत्रीय प्रतिनिधित्व)
राष्ट्रिय समन्वय समिति जापान २०१९–२०२१
वि.सं.२०७६ भदौ ९ सोमवार ११:५० मा प्रकाशित