
९ भदौ, काठमाडौँ । शिक्षक सेवा आयोगबाट गत जेठ २ गते प्रकाशित अध्यापन अनुमतिपत्रको विज्ञापन अनुसार दरखास्त फाराम भर्ने उमेद्वारहरुको प्रवेशपत्र भदौ २१ ग्तेबाट प्रिन्ट गर्ने आयोगले जनाएको छ ।
२१ गतेअगाडि प्रवेशपत्र प्रिन्ट गर्न नमिल्ने तर आफूले भरेको विवरण के कस्तो छ हेर्ने र गलत विवरण भएमा सच्चयाउन आयोगले भदौ २० गतेसम्म समय तोकेको हो ।
कुन प्रदेशका उम्मेद्वारले कहिले preview हेर्ने
आयोगले शुक्रबार प्रकाशित गरेको सूचनामा प्रवेशपत्र मा विवरण preview हेरी सच्चयाउनलागि प्रदेश अनुसार समय तोकिएको छ । सूचना अनुसार भदौ ५ गतेदेखि ९ गते सम्म प्रदेश नम्बर १ र २ क्षेत्रका उमेद्वारहरुले आफ्नो प्रवेशपत्रमा भएको विवरण preview हेरी सच्चयाउन सकिने भनिएको छ ।
त्यस्तै १० गतेदेखि १२ गतेसम्म प्रदेश ३ का उमेद्वारहरुले प्रवेशपत्र हेरी सच्चयाउन सक्नेछन् भने १३ देखि १५ गतेसम्म कर्णाली प्रदेशका उम्मेद्वारहरुले प्रवेशपत्र सच्चयाउन सक्नेछन् ।
यसैगरी १६ देखि १७ गतेसम्म ५ नम्बर प्रदेशका उमेद्वारले प्रवेशपत्र सच्चयाउन सक्नेछन् भने १८ गतेदेखि २० गतेसम्म कर्णाली र सुदूरपश्चिम क्षेत्रका उम्मेद्वारहरुले प्रवेशपत्र हेर्न सकिने छ ।
कसरी हेर्ने preview ?
-उम्मेद्वारले आयोगको वेबसाइट www.tsc.gov.np खोली प्रवेशपत्र preview गर्न सकिनेछ । उक्त प्रवेशपत्रको उचभखष्भध मा देखिने आफ्नो विवरण फरक परेमा बैंक भौचर र आबश्यक कागजातहरु९पासपोर्ट फोटो र दस्तखत अनिवार्य फर्मेटमा० संलग्न गरी ३ (तीन) दिन भित्र आयोगको इमेल [email protected] मा लेखी पठाउन सकिनेछ ।
-online application मा गई ‘प्रवेशपत्र’ लेखिएको बटनमा click गरेर आफ्नो भौचरमा रहेको एप्लिकेशन आइ.डी. मा मोबाइल नम्बर Entry गरी preview गर्न सकिनेछ । तर बैंकमा राजश्व रकम नबुझाउने उम्मेद्वारहरुको विवरण preview मा उपलब्ध हुने छैन ।
कसरी सच्चयाउने विवरण
-अध्यापन अनुमतिपत्रको लागि आयोगबाट प्रकाशित विज्ञापनका शर्त विपरीत फाराम भर्ने वा तोकिएको राजश्व रकम नबुझाउने उम्मेद्वारहरुको फाराम अस्वीकृत हुने भएकोले अस्वीकृत नहुनु प्रमाण कागजातहरु(बैंक भौचर समेत )सहित आयोगमा पठाउँन सकिनेछ ।
-नामथर, जन्ममिति , जिल्ला र ठेगाना नमिलेको भए नागरिकता , वि.नं. र विषय नमिलेको भए ट्रान्सक्रिप्टको स्क्यान कपीसहित कागजातहरु पठाउनुपर्ने छ ।
-केही उम्मेद्वारहरुको अनलाइन फाराम भर्न चाहेको जिल्ला छनोट नभएको वा जिल्ला खाली रहेको तथा कतिपय उम्मेद्वारहरुले परीक्षा दिन नपाइने विषयमा फाराम भरेको उम्मेद्वारले प्रकाशित विज्ञापनको शर्त बमोजिम जिल्लाको नाम भर्न र विषय परिवर्तनका लागि बैंक भौचर , ट्रान्सक्रिप्टसमेत राखी आयोगमा इमेलमार्फत निवेदन पठाउनुपर्नेछ । अन्यथा फाराम अस्वीकृत नहुने पनि आयोगको सूचनामा भनिएको छ ।
वि.सं.२०७६ भदौ ९ सोमवार १२:०१ मा प्रकाशित