back

सुन्तला चिस्यान केन्द्र निर्माण

वि.सं.२०७६ भदौ ९ सोमवार

564 

shares
IME Limited
NTC AD

९ भदौ, गलकोट । उत्पादित सुन्तला सङ्कलन गरी बेमौसममा बिक्री गर्न बागलुङ नगरपालिका–८ सिगानामा सहकारीको अगुवाइमा सुन्तला चिस्यान केन्द्र निर्माण गरिएको छ । सिगानामा क्रियाशील गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा रु ३१ लाखको लागतमा सो केन्द्र निर्माण गरिएको हो ।

सुन्तलाको पकेट क्षेत्रका रूपमा चिनिने सिगानामा सुन्तला भण्डारणको अभावका कारण सस्तो मूल्यमा बिक्री गर्दा किसान मर्कामा पर्दै आएका कारण चिस्यान केन्द्रको निर्माण गरिएको सहकारीले जनाएको छ । एकैपटक पाक्ने सुन्तला ठेकेदारले बोटबाटै टिपेर लैजाँदा किसानले भनेजस्तो मूल्य नपाउने समस्यालाई मध्यनजर गर्दै उक्त चिस्यान केन्द्र निर्माण गरिएको सहकारीका अध्यक्ष रामबहादुर खड्काले बताए ।
“सुन्तला कृषकले भण्डारण गर्न नसक्दा सस्तो मूल्यमा सुन्तला बिक्री हुँदै आएको थियो”, उनले भने, “सुन्तला चिस्यान केन्द्रमा भण्डारपश्चात् तेब्बर बढी मूल्यमा बिक्री गर्न सकिन्छ ।” गण्डकी प्रदेश सरकारको रु २१ लाख, बागलुङ वडा कार्यालयको रु चार लाख तथा सहकारीको रु छ लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको सहकारीले जनाएको छ ।
सुन्तलाका लागि उर्भर रहेको सिगानामा चिस्यान केन्द्रको अभावमा सुन्तला कृषक निरुत्साहित भएका कारण सो केन्द्र निर्माणका लागि प्रदेश सरकारले सहयोग गरेको प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले बताए । सहकारीमा आबद्ध २०० शेयर सदस्य तथा अन्य सुन्तला किसानले उपभोग गर्ने गरी चिस्यान केन्द्र निर्माण गरिएको वडाध्यक्ष राजन जिसीले बताए ।सिगानामा वार्षिक रु डेढ करोड बढीको सुन्तला बिक्री हुँदै आएको छ । वडा कार्यालयले नगरपालिकाको सहयोगमा सिगानालाई सुन्तला गाउँ बनाउन वार्षीक १० हजार सुन्तलाका बिरुवा रोपण गरिँदै आएको छ । करीब २०० क्विन्टल सुन्तला राख्ने क्षमता भएको चिस्यान केन्द्र निर्माणसँगै हर्षित भएका सुन्तला किसान रेशम थापाले बताउनुभयो । मौसममा सुन्तलाको राम्रो मूल्य नपाएका बेला चिस्यान केन्द्रमा सुन्तला राखेर बेमौसममा बिक्री गर्दा तेब्बर नाफा कमाउन सकिने किसान बताउँछन् ।
सहकारीले चिस्यान केन्द्र सञ्चालन कार्यविधि बनाएर सञ्चालन गर्ने अध्यक्ष खड्काले बताए । चिस्यान केन्द्रमा सुन्तला राखेबापत शेयर सदस्य तथा सुन्तला किसानले विद्युत् तथा हेरालु खर्च व्यहोर्नुपर्ने छ । चिस्यान केन्द्रमा सुन्तला लगातार दुई महीनासम्म राख्न मिल्नेछ । निर्माण गरिएको सुन्तला चिस्यान केन्द्रको प्रदेशसभा सदस्य सापकोटाले उद्घाटन गरेका थिए । (रासस)

वि.सं.२०७६ भदौ ९ सोमवार ११:५८ मा प्रकाशित

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

जुम्लाका स्थानीय तहले ल्याए बजेट, कुन पालिकालाई कति ?

जुम्लाका स्थानीय तहले ल्याए बजेट, कुन पालिकालाई कति ?

जुम्ला । जुम्लाका ८ वटै स्थानीय तहले आर्थिक वर्ष २०८१/८२...

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे

सिमकोट, (हुम्ला) । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका...

भेडापालक किसानलाई गोठालो भत्ता

भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

जुम्ला । चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्याक्टर दुर्घटना हुँदा एक...

हुम्लामा आगलागीबाट आठ घर नष्ट

हुम्लामा आगलागीबाट आठ घर नष्ट

दाने बोहरा /सिमकोट (हुम्ला) । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको...