
९ भदौ, काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
पार्टी सत्तामा गएपछि पहिलोपटक पार्टी कार्यालय धुम्वाराहीमा बसेको उक्त बैठकको अध्यक्षतामा पार्टीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा चलिरहेको छ ।
यसअघी प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले बैठकको अध्यक्षता गर्न आएका थिए । प्रधानमन्त्री ओली विदेशमा उपचार गराइरहेकोले पार्टी एकताको १५ महिनापछि अर्का अक्ष्यक्ष दाहालले बैठकको अध्यक्षता गरेका छन् ।
बैठक आव्हान गर्नु भन्दा पहिले अध्यक्ष दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी, वरीष्ठ नेता माधव कुमार नेपाल र उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भेटेका थिए । चलिरहेको बैठकमा महानगर कमीटी, प्रवास र आयोगको नेतृत्वका वारेमा छलफल चलिरहेको छ ।
वि.सं.२०७६ भदौ ९ सोमवार १२:०१ मा प्रकाशित