back

ऐश्वर्याका कारण किन डिप्रेशनमा परे मधुर ?

वि.सं.२०७६ भदौ १० मंगलवार

39 

shares

बलिउड अभिनेत्री ऐश्वर्या रायका कारण फिल्म निर्देशक मधुर भण्डारकर डिप्रेशनमा परेको खुलासा भएको छ ।

तर, यो कुरा हालसालैको भने होइन, आजभोली फाट्ट फुट्ट फिल्म बाहेक बैबाहिक जीवन र छोरीको रेखेदखमा व्यस्त रहेकी अभिनेत्री ऐश्वर्याका कारण मधुर भण्डारकर २०१२ तिर डिप्रेशनमा परेका थिए । उनले एश्वर्यालाई आफ्नो फिल्ममा नायिकाका लागि साइन गराएका थिए । तर, ऐश्वयर्याले त्यतिबेला आफू प्रेगेनेन्ट भएको बताएकी थिइनन् ।

यसबारेमा भण्डारकरले एक टेलिभिजनमार्फत् उनी प्रेगेनेन्ट भएको कुरा थाहा पाएपछि आफू डिप्रेशनमा परेको बताएका छन् । फिल्ममा ऐश्वर्याले धुम्रपान गर्नुपर्ने रोल रहेकाले प्रगेनेन्ट महिलाका लागि मात्र नभएर पेटमा भएको बच्चाका लागि पनि त्यो हानिकारक हुने कारणले एश्वर्याले त्यो रोल गर्न नसक्ने अवस्था देखिएपछि भण्डारकर पीडामा परेको बताइएको छ ।

उक्त फिल्मका लागि डेढ वर्षसम्म रिर्सच मात्रै गरेका भण्डारकरलाई ऐश्वर्याको यस्तो खबरले भने पीडा दिएको थियो । उनले त्यस्तो खबर सुनेपछि ८ दिन त अफिस नगएको पनि बताएका छन् ।

वि.सं.२०७६ भदौ १० मंगलवार ०९:१७ मा प्रकाशित

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

जानकी (बाँके) । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको...

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

  काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको...

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

ललितपुर । ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’...

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

काठमाडौँ । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ...

भाषा संस्कृतिलाई समेटेर देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

भाषा संस्कृतिलाई समेटेर देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

गलकोट (बागलुङ) । बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ...