back

शिक्षक लाईसेन्स : यी हुन् नेपाली विषयको महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर

वि.सं.२०७६ भदौ १० मंगलवार

210 

shares

१० भदौ, काठमाडौँ । शिक्षक अध्यापन अनुमतिपत्र अर्थात (शिक्षक लाईसेन्स)को परीक्षा करिव करिव नजिकिँदैछ । परीक्षा आउन मात्र एक महिना बाँकी हुँदा भने उम्मेद्वारहरु पनि परीक्षाको तयारीमा लागेका छन् । परीक्षा अशोज ९ गतेदेख सुरु हुँदैछ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत प्रश्नोत्तर, विषयगत प्रश्नोत्तर, र महत्वपर्ण सूचना तथा जानकारीहरु तपाईमाँझ ल्याउने गरेका छौं । आज हामीले नेपाली विषयको माध्यामिक र निम्नमाध्यामिक तहका लागि उपयोगी हुने नमुना बहुवैकल्पिक वस्तुगत प्रश्न लिएर आएका छौँ ।

यी हुन् नेपाली विषयको शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही नमुना वस्तुगत सम्भावित प्रश्नहरूः

तह : मावि निमावि अध्यापन अनुमतिपत्रको परीक्षा पूर्णाङ्क : ४०

विषय : नेपाली समयः ४० मिनेट

समूह “क”

१. गुरुप्रसाद मैनालीद्वारा लिखित ‘नासो’ कथासङ्ग्रहको प्रकाशन कहिले भएको हो ?

क. वि.स. १९९१ ख. वि.सं. १९९२

ग. वि.सं. २०२० घ. वि.सं. २०२२

२. साहित्यका प्रमुख चार विधाहरु के–के हुन् ?

क. कविता , आख्यान,निबन्धर नाटक ख. कविता, कथा,नाटक र निबन्ध

ग. आख्यान निबन्ध,प्रबन्ध र एकाङ्की घ. कविता , आख्यान,प्रबन्ध र नाटक

३. ‘कविको लेखनीमा साक्षात् भएर ब्युँझिने कल्पना कविता हो’ यो भनाई कसको हो ?
क. माधवप्रसाद घिमिरे ख. सेक्सपियर
ग. पारसमणि प्रधान घ. कलरिज

४. स्वचालित तथा अमूर्त लेखन कुन धाराको मुख्य प्रवत्ति हो ?
क. एतिहासिक यथार्थवादी धारा ख. सामाजिक यथार्थवादी धारा

ग. अतियथार्थवादी धारा घ. मनोविश्लेषणात्मक धारा

५. फयडले साहित्यको हेतु केलाई मानेका छन् ?
क. दैवीप्रेरणा ख. वासनाको दमन
ग. अध्ययन घ. चिन्तन

६. साहित्यमा रस उत्पत्ति हुनको लागि कुन कुन कुराको आवश्यकता पर्दछ ?
क. विभाव र अनुभाव ख. व्यभिचारी भाव
ग. स्थायी भाव घ. माथिका सबै

७.तलको कवितांशमा कुन रसको प्रयोग भएको पाइन्छ ?
तँ होस् मेरो शत्रु भनी रिसले चुर हुँदै ।
सम्झिँदै शत्रुको अपमान हिड्छ कैले रुँदै ।।
छैन उसको मनमा दया अलिकति पनि ।
दाह्रा टोकी खुकुरी बोकी हिड्छ मार्छु भनी ।।–कृष्णप्रसाद सुवेदी

क. रौद्र ख. शान्त
ग. भयानक घ. अद्भूत

८. तलको कवितांशमा कुन अलङ्कारको प्रयोग भएको छ ?
नाट्यशाला छ आकास नाचने बिजुली नटी ।
ताल दिन्छ तबल्ची भै मेघ धाकिटि धाकिटि ।। –लेखनाथ पोड्याल
क. अनुप्रास ख. रूपक
ग. वक्रोक्ति घ. उपमा

९. व्याकरणको सुरुवात कुन भाषिक एकाइबाट हुन्छ ?
क्. रूप ख. शब्द
ग. पदावली घ. वाक्य

१०. तालव्य व्यञ्जन वर्ण कुन होइन ?
क्. प् ख. च्
ग. य् घ. ह्

११. महाप्राण व्यञ्जन वर्ण कुन हो ?
क. छ् ख. ढ्

ग. ह् घ. त्

१२. कृष्ण विद्यार्थी हो । यो वाक्यमा विद्यार्थी के को भूमिकामा प्रयोग भएको छ ?
क. कर्ता ख. कर्म
ग. पूरक घ. क्रिया

१३. शब्द वाक्यमा प्रयोग हुँदा………………… बन्दछन् ।

क. वाक्य ख. पद
ग. पदावली घ. उपवाक्य

१४. शब्दनिर्माण प्रक्रियाबाट बनेका शब्दलाई के भनिन्छ ?

क. मूल शब्द ख. व्युत्पन्न शब्द
ग. आगन्तुक शब्द घ. तत्सम शब्द

१५. निश्चित सङ्ख्यावाचक विशेषण शब्द र समूह जनाउने शब्द मिली एउटै शब्द बन्ने प्रक्रिया …….. समास हो ।
क. अव्ययीभाव ख. द्विगु
ग. तत्पुरुष घ. कर्मधारय

१६. अनुकरणात्मक शब्दहरुले क्रियाको ……..बोध गराउँदछन् ।
क. विशेषता ख. मात्रा
ग. स्वभाव घ. परिचय

१७. तलको कवितांशमा कुन पदक्रमको प्रयोग भएको छ ?
हुँदैन बिहान मिर्मिरेमा ताराझरेर नगए ।
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।।

क. सामान्य ख. आलङ्कारिक
ग. व्याकरणिक घ. पदसङ्गति

१८. सुवासले खुकुरीले खसी ढलायो । यहाँ खुकुरी कुन कारक हो ?
क्. कर्ता ख. कर्म
ग. करण घ. सम्प्रदान

१९. छोराछारी कस्तो समास हो ?
क. समस्त ख. द्विरुक्त
ग. कृदन्त घ. स्वतन्त्र

२०. विशेषत :वर्णहरुको निर्धारण कुन सिद्धान्तका आधारमा गरिन्छ ?
क. व्यतिरेकी वितरण ख. मुक्त परिवर्तन
ग. परिपूरक वितरण घ. तटस्थीकरण

२१. दसजना लेखकद्वारा लेखिएको उपन्यासको नाम के हो ?
क. आकास विभाजित छ (२०३१) ख. साविती (२०३२)

ग. अवतार विघटन (२०४०) घ. वकपत्र (२०४६)

२२. नाटकका पञ्चसन्धि अन्तर्गत के के पर्दछ ?
क. मुख,प्रतिमुख, गर्भ, विमर्श, निर्वहन ख. बीज,विन्दु,पताका,प्रकरी,कार्य
ग. आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति, फलागम घ. कुनै पनि होइनन्

२३. फ्रायडले साहित्यको हेतु केलाई मानेका छन् ?
क. दैवीप्रेरणा ख. वासनाको दमन
ग. अध्ययन घ. चिन्तन

२४. साहित्यमा रस उत्पत्ति हुनका लागि कुन कुन कुराको आवश्यकता पर्दछ ?
क. विभाव र अनुभाव ख. व्यभिचारी भाव
ग. स्थायी भाव घ.माथिका सबै

२५. रस सिद्धान्तका व्याख्याता को हुन् ?
क. रुद्रट ख. भामह ग.

जगन्नाथ घ. भरतमुनि

२६. तलका कवितांशमा कुन अलङ्कारको प्रयोग भएको छ ?
नाट्यशाला छ आकाश नाचने बिजुुली नटी ।
ताल दिन्छ तबल्ची भै मेघ धाकिटि धाकिटि ।। –लेखनाथ पौड्याल
क. अनुप्रास ख. रूपक
ग. वक्रोक्ति घ. उपमा

२७. ‘सूक्तिसिन्धु’(१९७४) माथि कहिले प्रतिबन्ध लाग्यो ?

क. वि.सं. १९७४ ख. वि.सं. १९७५
ग. वि.सं. १९७३ घ. वि.सं. १९७२

२८. मिथकीय धाराको पहिलो कृति कुन हो ?
क. माधवी ख. त्रिदेवी
ग. सुम्निमा घ. मोदिआइन

२९. वक्ता श्रोत्ता बन्ने र श्रोत्ता वक्ता बन्ने भाषिक गुणलाई के भनिन्छ ?
क. व्यवस्थाहरुको व्यवस्था ख. भाषिक विशिष्टीकरण
ग. भाषिक सिर्जनशीलता घ.अन्तर्विनिमय योग्यता

३०. दुई वा दुई भन्दा बढी भाषका ध्वनि, रुप,शब्द, वाक्य, अर्थ आदि पक्षको तुलना गर्ने भाषिक अध्ययनको पद्धतिलाई के भनिन्छ ?

क. ऐतिहासिकता ख. तुलनात्मकता
ग. परिवर्तनशीलता घ. वर्णनात्मकता

३१. प्राकृत भाषाको मुख्य समय कुन हो ?
क. ई.पू. ५०० देखि ई.११०० सम्म ख. ई.पू. ५५० देखि ई.१००० सम्म

ग. ई. पू. ५०० देखि ई.१००० सम्म घ. ई.पू. ५०० देखि ई. १०५० सम्म

३२. अनुच्छेदलाई चिनाउने सही भनाई कुन हो ?
क. कम भन्दा कम वाक्य समूहबाट निर्मित रचना ख. एक आपसमा शृङ्खलित रचना

ग. तर्कपूर्ण रूपले प्रस्तुत गरिएको रचना घ. समग्र संरचना मिलेको रचना

३३. अनुच्छेद रचनामा सर्वप्रथम के गर्नुपर्दछ ?

क. बुँदा टिपोट ख. शीर्ष वाक्यलेखन
ग. शीर्षक चयन घ. साफी लेखन

३४. लिखित अभिव्यक्तिको विशेषता हुन हो ?
क.ध्वन्यात्मक सङ्केतको प्रयोग ख. वक्ता र श्रोताको संवाद
ग. स्थान र कालगत समिाङ्कन घ. ज्ञान र सिपको पुस्तान्तरण

३५. चिठी पत्रको मूल सन्देश कुन भागमा लेखिन्छ ?
क. आदि भाग ख. मध्यभाग

ग. अन्तय भाग घ. सम्पूर्ण चिठीमा

३६. …………. लाई उत्पादित वस्तु, सेवा तथा विचारको प्रचार प्रसारर गरी ग्राहकमा उत्पे्ररणा जगाउने सन्देशका रूपमा पनि लिइन्छ ।
क. सूचना ख. चिठी
ग. विज्ञापन घ. भरपाई

३७. कुन वाक्यले अनुच्छेद्को सम्पूर्ण भाव बोकेको हुन्छ ?
क. शीर्ष ख. सहयोगी

ग. सारांशीकृत घ. पहिलो

३८. वार्तालापीय शैली अँगाली लेखिने रचना कुन हो ?
. संवाद ख. वक्तृता
ग. वादविवाद घ. मनोवाद

३९. बोध गर्नका लागि कुन पठन बढी उपयोगी हुन्छ ?
क. सस्वरपठन ख. मौनपठन

ग. द्रुतपठन घ.माथिका सबै

४०. अनेकार्थक रूपको उदाहरण कुन हो ?

क. पत्र ख. पानी
ग. भात घ. किताब

वि.सं.२०७६ भदौ १० मंगलवार ०९:४९ मा प्रकाशित

पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार सङ्ग्रहालय

पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार सङ्ग्रहालय

गोरखा । गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको...

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

वीरगन्ज । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगन्ज...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

प्रकाश सिलवाल, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक...

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

  भोजपुर । भोजपुरका विद्यालयमा प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न...

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

  काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार...