back

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : प्रहरीको अनुसन्धानमाथि न्यायाधिशले उठाए तीन प्रश्न

वि.सं.२०७६ भदौ १० मंगलवार

54 

shares

१० भदौ, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने, तथा युवराज कँडेल धरौटीमा र रुकु कार्की साधारण तारेखमा सोमबार छुटेका छन् ।

उनीहरुलाई चितवन जिल्ला अदालतले ५ लाख र ३ लाख धरौटी लिएर विभिन्न शर्तसहित रिहा गरेको छ ।

तर, उनीहरुलाई आत्महत्या दुरुत्साहनकोआरोपमा १० दिन हिरासतमा राखेर अनुसन्धान गरेको चितवन प्रहरीमाथि न्यायाधिश हेमन्त रावलले तीन प्रश्न उठाएको नयाँपत्रिका दैनिकमा समाचार छ ।

यी हुन् न्यायाधिशका तीन प्रश्न
१ -आत्महत्या गर्नुअघि शालिकराम पुडासैनीले रेर्कड गराएको भिडियोको अन्त्यमा आमाबुवा, आफन्तलाई प्रणाम गर्दै दुई हात जोडेको देखियो । दुवै हात जोडेर सेल्फी कसरी सम्भव छ ? उनी एक्लै थिए भन्ने कसरी पुष्टि हुन्छ ?

२- मृतकले आत्महत्या गर्छु भनेर घोषणा गर्नु र आत्महत्या गर्नुमा समयको अन्तर कति हो ? उनले कपडा समेत फेरेको देख्दा समयको अन्तर धेरै देखिन्छ । आत्महत्या आवेगमा गर्ने हो, त्यति लामो समयसम्म उनको मन बदिलिएन कसरी मान्ने ?

३- मृतकले खिचेको भिडियो अदालतमा आउनुभन्दा अघि मिडियामा कसरी पुग्यो ?

वि.सं.२०७६ भदौ १० मंगलवार १०:०४ मा प्रकाशित

अप्पर अरुणको पहुँचमार्गका लागि दुई वडाका दुई हजार रुख काटिने

अप्पर अरुणको पहुँचमार्गका लागि दुई वडाका दुई हजार रुख काटिने

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक...

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्रीको सचिवालयले भन्यो-सांसद सिंहको आरोप अराजनीतिक बार्गेनिङ

प्रधानमन्त्रीको सचिवालयले भन्यो-सांसद सिंहको आरोप अराजनीतिक बार्गेनिङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले सांसद अमरेश...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...