back

के भनेका थिए त रविले प्रहरीसँगको वयानमा ? वयानको पूर्णपाठ

वि.सं.२०७६ भदौ १० मंगलवार

297 

shares
RBB AD
NTC AD

१० भदौ, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा लिइएका संचारकर्मी रवि लामिछाने यतिबेला धरौटीमा रिहा भएका छन् । उनलाई जिल्ला सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको छ ।

अनुसन्धानका लागि १० दिन चितवन प्रहरीको हिरासतमा राखिएका लामिछानेले प्रहरीलाई दिएको बयान यस्तो छ ।

‘प्रेमिकाले रवि लामिछानेमार्फत तिम्रो कुरा सबै सार्वजनिक गरिदिन्छु भनेकीले त्यसैलाई साँचो ठानी मसँग समेत चित्त दुखाई मेरो नाम लिएर शालिकरामले आत्महत्या गरेको हुनुपर्छ ।

शालिकराम करिब डेढ वर्षपहिले दुई–तीनवटा सान्दर्भिक सूचना ल्याई हाम्रो कार्यालयमा आएका थिए । सोही क्रममा चिनजान भई उनले राम्रो सूचना ल्याउन सक्ने सोची म र दीपक बोहराले सिफारिस गरी उनलाई न्युज २४ मा रिपोर्टरका रूपमा काममा राखेका थियौँ । उनले पाउने सेवासुविधाबारे मलाई केही थाहा थिएन, काममा निकै मिहिनेत गरी खटिने र राम्रो–राम्रो सूचना ल्याउने गर्थे । शालिकरामले कम्प्युटर चलाउन नजान्ने भएकाले उनले ल्याएका सूचनाहरूलाई युवराज कँडेलले पूरा गरी समाचार बनाई मलाई दिन्थेँ । उनीबारे अन्य केही पनि जानकारी थिएन । करिब दुई महिनापहिले उनले ‘मैले माउन्टेन टिभीमा एक लाख तलब पाउने गरी मार्र्केिटङको काम पाएँ अब न्युज २४ छाडेँ’ भनेका थिए । पछि, उनले उक्त टिभीमा ‘मिसन न्युज’ भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाहा पाउँदा उनले मलाई किन ढाँटे होलान् भन्ने लागेको थियो । वारदातको दुई–तीन दिनपहिले हाम्रो क्यामेराम्यान अनिल ढुंगेलले हामी सबै कर्मचारीहरू सँगै भएको वेला शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमिकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेको सुनेको थिएँ  । २० साउनमा मेरो कार्यक्रम नभएकाले चाँडै सुतेँ । भोलिपल्ट बिहान ब्युँझिई मोबाइल हेर्दा शालिकराम पुडासैनीको मृत्यु सम्बन्धका म्यासेजहरू राति नै आइसकेका रहेछन् ।

मर्नुअघि बनाएका दुईवटा भिडियोहरू हेर्दा उनले आफूलाई रवि लामिछानेसमेतले मर्न बाध्य बनाएकाले आत्महत्या गरेको भनेका रहेछन् । सो कुरा उनले के–कति कारणले भने मलाई थाहा छैन, तर उनले आफ्नी श्रीमती हुँदाहुँदै अस्मितालाई झुठो बोली प्रेम गरेको र पछि प्रेमिकाले सबै कुरा थाहा पाई उनीबाट टाढिन खोजेको बुझिन्छ । त्यसैले अस्मितालाई अनेक दुःख दिने, बाटो छेक्ने, मरिदिन्छु भनी डर देखाउनेजस्ता कार्यहरू गर्ने गरेको पनि बुझिन्छ । त्यसैले अस्मिताले ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा गई रवि लामिछानेसमेतलाई भनी तिम्रो बारेमा सबै सार्वजनिक गरिदिन्छु भनेको कारणले सोही कुरालाई उनले साँचो ठानी मसँग समेत चित्त दुखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ । मैले उनीविरुद्ध कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुन सक्छ । मृतकले मलाई अत्यधिक सम्मान गर्ने हुँदा उनीविरुद्ध कार्यक्रम बनाउने भन्ने भ्रामक कुरा हो । तर, त्यही कुराले उनको मन दुःखेको हुन सक्छ र ममाथि आरोप लगाएका हुन सक्छन् । तर, मैले उनलाई आत्महत्या गर्नेसम्मको दुःख दिएको छैन र दिनुपर्ने कुनै कारण पनि छैन । मृतकको प्रेमिका भनेकी अस्मिता भन्ने रुकु कार्कीसँग देखभेट भएको थिएन । प्रहरीद्वारा पक्राउ परेपश्चात् मात्र देखेचिनेको हुँ ।’

वि.सं.२०७६ भदौ १० मंगलवार १०:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका...

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

 हात्तीको दारासहित तीन जना पक्राउ

 हात्तीको दारासहित तीन जना पक्राउ

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई...

सात सय १२ बोरा युरिया मल बरामद

सात सय १२ बोरा युरिया मल बरामद

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १०...

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी...

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...