back

गोठालोबाट लखपति बनेका ‘इलामे राई’

वि.सं.२०७६ भदौ १० मंगलवार

240 

shares
RBB AD
NTC AD

१० भदौ, फिक्कल । झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनिसकेका छन् । लेकको बसाइ, लगाएका कपडा र उहाँको हाउभाउले उनलाई हेर्ने जोकोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो तर दुई वटा गाडी र दार्जिलिङमा घर जोडिएका राई हेर्दा देखेजति सामान्य छैनन् ।

हुन त हाम्रो समाजमा राम्रो लगाउने र सामान्य अङ्ग्रेजी मिसाएर बोल्नेलाई इज्जत गरिन्छ । अनि ठूलै हैसियतको भन्ने ठानिन्छ । त्यसै भएर राईलाई नियाल्ने जो कोहीले पनि सामान्य ठान्ने गरेका छन् । अर्को कुरा त पैसाले हैसियत र इज्जत दिन्छ भन्ने मान्यता छ हाम्रो समाजमा ।

राईलाई हालसम्मको दुःख र सङ्घर्षले नै यहाँसम्म ल्याएको छ । इलामको पुवामझुवामा जन्मिएका इलामे राईको वास्तविक नाम जगतबहादुर राई हो । तर उनको यो नाम धेरैलाई थाहा छैन । धेरैले उनलाई इलामे राई नै भनेर चिन्छन् ।

घरमा दुःख भएपछि करीव १० वर्षकै उमेरदेखि अर्काको घरमा गोठालो बसेका राई विभिन्न ठाउँमा अर्काको काम गर्दागर्दै विसं २०५३ बाट मात्र स्थायीरूपमा बसोबास गर्न थालेका हुन् । इलाम सूर्योदय नगरपालिका–१ को लामिधुरामा उहाँको स्थायी बसोबास छ । लेकको ठाउँमा गोठ पालेर बसेका उनि गाईको आम्दानीबाट नै लखपति बनेका हुन् ।

“घरमा दुःख थियो, खान लाउन पनि पुग्दैनथ्यो, बाउले आलु व्यापार गर्थे तर १० रुपैयाँमा किनेको आलु आठ रुपैयाँमा बेच्थे, भारतसँगको सीमा मानेभञ्ज्याङबाट प्रतिमन रु १० रुपैयाँमा खरीद गरेको आलु इलामको चुरेघाँटीमा आठ रुपैयाँमा बिक्री भएपछि तनाव बढेको थियो, आफू त सानै थिएँ, बाउलाई यसो नगरौँ भन्दा मानेनन् अनि घर छोडेर हिँडे”, राईले हाँस्दै भने ।

घर छोडेपछि इलामको सुम्बेकमा पुगेका उनले वर्षको ६० रुपैयाँ पाउने गरी अर्काको घरमा गोठालो गरे । १२÷१३ वर्षको उमेरमा गाईवस्तु दोइसकेपछि थला भकारा सोहोर्नु, घाँस काटेर ल्याउनु गर्दै उनको बिहानको कार्य शुरु हुन्थ्यो । दिउँसो पनि मेलाको काम, बेलुका पुनः गाई धन्दा नै गर्नुपर्ने राईले स्मरण गरे । अहिलेका बालबच्चालाई तुलना गर्दै राईले सो बेला आफ्नो मेहनत र दुःखका दिन सम्झीए । करीब दुई वर्ष त्यहाँ बसेपछि पुनः इलामको जस्बिरे भन्ने ठाउँमा सरे । त्यहाँ वर्षको रु १६० मा गोठालो गरे राईले । उनको दैनिकी यसैगरी शुरु भयो । करीब १५, १६ वर्षको उमेर भएपछि उनले त्यहाँ पनि छोड्ने निधो गरे । त्यसपछि नेपाल र भारतको सिमाना लामिधुरामा बसाइँ सरे । लेकको ठाउँ सिमसिम पानी परिरहने भए पनि त्यहीँ भविष्य खोज्ने निधो गरेर त्यहाँका चुथ्रो फाँड्न शुरु गरे । हालको सूर्योदय नगरपालिका–१ मा पर्ने लामिधुरामा उनले गोठ पालेर नै भविष्य खोज्ने निधो गरे ।

विसं २०५३ मा त्यहाँ पुग्दा कुनै बस्ती नभएको उनि बताउछन । उनले त्यहीँ विवाह गरेर घरजम शुरु गरे । पर्यटकीय क्षेत्र र पर्यटकबाट पनि आम्दानी लिन सकिन्छ भन्ने कसैलाई सोच नै नभएको उनि बताउछन । लामिधुरा पुगेका राईले आफ्नै जेठीसासूसँग रु तीन हजार ऋण लिएर चारमाउ गाई खरीद गरे । त्यहाँबाट तिनै गाईको सन्तान बढाउँदै गए । बाच्छाबाच्छी हुर्काउँदै सन्तान फैलिएर करीब २३ माउ गाईसमेत पालेका उनले सो बेला मज्जाले कमाई भएको स्मरण गरे ।

भारतसँग सीमा जोडिएको मानेभञ्ज्याङ इलामको व्यापारिक केन्द्र हो । भारतका व्यापारीले चामल, नून, तेल चिनीलगायत दैनिक उपभोग्य वस्तु सो बजारमा बिक्रीका लागि राख्थे । नेपालतर्फ उत्पादन भएको तरकारी सो बजारमा बिक्री हुन्थ्यो । तरकारी मात्र हैन नेपालको तर्फबाट अलैँची, अदुवा, कुचोलगायत पिठ्यूँ र घोडामा बोकाएर त्यहाँ बिक्रीका लागि लगिन्थ्यो । नेपालका बजारमा भन्दा बढी मूल्य त्यहाँका व्यापारीले दिने भएपछि इलामका विभिन्न क्षेत्रमा उत्पादन भएको बस्तु त्यहाँ पु¥याइन्थ्यो ।

राईले पनि उत्पादन भएको घ्यु सोही बजारमा पु¥याउनुहुन्थ्यो । उबेला छुर्पी खासै बिक्दैनथ्यो । मोही फटाएर बनाएको सेर्गेम भने राम्रो मूल्यमा बिक्री हुन्थ्यो । पछिपछि गएर छुर्पी पनि बिक्न थाल्यो । उनले पनि घरमा नै डेरी जोड्े । डेरीमा दूध प्रशोधन हुन थालेपछि सहज पनि हुन थाल्यो । राई परिवारले गाई पालेर घ्यु र छुर्पी बेचेर नै आफ्नो गुजारा चलाउन थाल्यो । आफूले औपचारिक शिक्षा नलिएको बताउने राई हिसाबकिताब गर्न अझै पनि क्यालकुलेटर नचाहिने बताउछन् । तर गोठालो गर्दा नै काठमा रातो माटोको धुलो छरेर त्यसमा नै औँलाले क, ख सिकेको उनले बताए । लामो समयमा मात्र घ लेख्न सिकेको उनले हिसाब पनि उसैगरी सिकेको बताए ।

आफ्नो गुजारा जेजसरी चले पनि एक छोरा र एक छोरीलाई राम्रै शिक्षा दिएको उनि बताउछन् । हाल उनका दुवै छोराछोरी जागिरे भइसकेका छन् । छोरा भारतीय सेनामा छन् भने छोरी पनि दार्जिलिङमा नोकरी गर्छिन् ।

औपचारिक शिक्षाको महत्व हाल पनि धेरै शिक्षितलाई नहुन सक्छ । तर उनि औपचारिक शिक्षाको महत्व अरुलाई राम्रोसँग बयान र्गछन । शिक्षाले नै मानिसलाई विश्व चिनाएको, नयाँनयाँ कुराको खोजी र आविष्कार भएको भन्ने राईले आफ्ना सन्तानलाई पनि राम्रो शिक्षा गोठमा गाई पालेर नै दिएको बताए । लेकमा अन्य खेती खासै हुँदैनथ्यो उ बेला । आजकल पनि उनको पेसा उही नै हो । तर पहिला जस्तो धेरै गाई छैनन् राईको गोठमा । पाँच माउ मात्र गाई पालेका छन । तर उनले अर्को व्यवसाय भने थपेका छन ।

राई बसेको लामिधुरा विश्व प्रख्यात पर्यटकीयस्थल सन्दकपुर जाने मूल सडक हो । उनले त्यहाँ आएका पर्यटकलाई सन्दकपुरसम्म लैजाने काम र्गछन । पर्यटक घुमाउनकै लागि दुई वटा गाडी जोडेको उनले बताए । मौसममा दुई वटा गाडी खाली हुँदैनन् राईका । राईकी श्रीमतीले पर्यटकलाई नै खान र बस्नका लागि होटल र लज सञ्चालन गरेकि छन ।

होटल, लज, पर्यटन व्यवसायले गर्दा गाई घटाएको उनि बताउछन् । गाई पाल्दा पनि बिहान बेलुका मात्र खट्नुपर्छ । गोठमा पालिएका गाई बिहान दोहिसकेपछि चरणमा जङ्गल पस्छन् । बेलुका भएपछि मात्र घर आउँछन् । बिहान बेलुका खोले दिन र दुहुन मात्र समय लाग्ने भएकाले केही गाई गोठमा अझै पनि राखेको उनले बताए ।
हाल उत्पादन भएको घ्यु प्रतिकिलो रु ५५० र छुर्पी प्रतिकिलो ९०० देखि एक हजारसम्ममा बिक्री गर्ने गरेको उनि बताउछन । राईले आफ्नो मात्र हैन अरुले उत्पादन गरेको घ्यु छुर्पी पनि खरीद गरेर बजार लगेर बेच्ने र्गछन । पहिला सानो छँदा अर्काको घरमा गोठालो बसेको र हाल आफ्नो व्यवसाय सम्झिएर उनि खुशी देखिन्छन् । तर दुःखका साथ परिश्रम गरे पैसा कमाउन विदेश जान नपर्ने उनको भनाइ छ । रासस

वि.सं.२०७६ भदौ १० मंगलवार १०:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मासिक ८२ हजारको जागिर छाडेर घाँसखेतीबाट मनग्य आम्दानी गर्दै गुल्मीका गोपाल

मासिक ८२ हजारको जागिर छाडेर घाँसखेतीबाट मनग्य आम्दानी गर्दै गुल्मीका गोपाल

तम्घास (गुल्मी) । गुल्मीको मदाने गाउँपालिका-३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको...

सडकमै आँप किनबेच गर्न बाध्य छन् आँपको राजधानीमा

सडकमै आँप किनबेच गर्न बाध्य छन् आँपको राजधानीमा

सिरहा । आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने...

रासायनिक मलको समस्या समाधान गर्न समिति गठन

रासायनिक मलको समस्या समाधान गर्न समिति गठन

काठमाडौं । मल वितरणको समस्या समाधान गर्न कृषि तथा पशुपक्षी...

किसानले दिए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

किसानले दिए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चितवन । नेपाल किसान महासङ्घले विभिन्न आठबुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र...

प्रदेश सरकारले कृषिक्षेत्रलाई प्राथमिकता दिने

प्रदेश सरकारले कृषिक्षेत्रलाई प्राथमिकता दिने

सिद्धार्थनगर (रुपन्देही) । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२...

गत वर्षको तुलनामा मनाङमा खाद्य उत्पादनमा वृद्धि

गत वर्षको तुलनामा मनाङमा खाद्य उत्पादनमा वृद्धि

मनाङ । विकट जिल्ला मनाङमा खाद्य उत्पादनमा वृद्धि भएको छ...