
१० भदौ, गायक तथा संगीतकार पुरुषोत्तम सुबेदीको स्वर रहेको मेरै बा गीत सार्वजनिक भएको छ ।
गीतमा बुबालाई समर्पित गरिएको गीतान अम्बिका गुरुङको शब्द रहेको छ । निशान कश्यपको निर्देशनमा बनेको भिडियो सरोज खनाल, महेश खड्का र समृद्धि पौडेलले अभिनय गरेका छन् ।
बुद्ध थापाले छायांकन गरेको गीतको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् । हरेक बाबाप्रति समर्पित यो गीतलाई गीतको भावना अनुसार भिडियोमा उतार्न प्रयास गरेको निर्देशक निशान बताउँछन् ।
वि.सं.२०७६ भदौ १० मंगलवार ११:३७ मा प्रकाशित