back

१० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउने प्रतिबद्धता

वि.सं.२०७६ भदौ १० मंगलवार

99 

shares


१० भाद्र, काठमाडौँ । स्थानीय सरकारको सहयोगमा बृहत् विद्यालय सुरक्षा कार्यविधि कार्यान्वयन गरी १० वर्षभित्र सबै विद्यालय सुरक्षित बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

दुई दिने ‘बृहत् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थी मैत्री भेला’ मा सरोकारवालाले भूकम्पीयलगायतका सबै प्रकारका जोखिम न्यूनीकरण गर्न सुरक्षित विद्यालय निर्माणलाई जोड दिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा वीरेन्द्रनगरमा सम्पन्न भेलाले बृहत् विद्यालय सुरक्षा क्लब गठन गर्ने प्रतिबद्धता गरेको छ ।
भेलाले विपद् जोखिम व्यवस्थापनसम्बन्धी व्यावहारिक पाठ्यक्रम र पाठ्ययपुस्तक निर्माण गर्ने, तीनवटै तहका सरकारलाई भूकम्प प्रविधिमैत्री विद्यालय निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राख्न दबाब दिने र विद्यालय सुरक्षा कार्ययोजना अनिवार्य लागू गर्नेलगायतका प्रतिबद्धता जनाइएको छ ।

भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले विद्यालयलाई सबै खाले जोखिमबाट सुरक्षित बनाउन विद्यालयको बीचमा ज्ञान अनुभवको आदानप्रदान गर्ने, सुरक्षित विद्यालयका बारेमा विद्यमान नीति–नियम, निर्देशन, कार्यविधिका सम्बन्धमा छलफल गर्ने उद्देश्यले भेला उपयोगी रहेको बताए।

जापानको कोवे शहरस्थित माइको हाइस्कूलका १४ शिक्षक÷विद्यार्थीसहित नेपालका कर्णाली र प्रदेश ५ का १९ जिल्लाका २८ वटा विद्यालयबाट गरी ८५ जनाको सहभागिता थियो । त्यस्तै, विभिन्न सङ्घ–संस्थाबाट ४० जना विज्ञको भेलामा प्रतिनिधित्व रहेको थियो ।

वि.सं.२०७६ भदौ १० मंगलवार १२:०३ मा प्रकाशित

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै...

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने...

बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ

बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका-२ झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले...

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ...

२४ र २५ गते बैठक बस्दै राप्रपा नेपाल

२४ र २५ गते बैठक बस्दै राप्रपा नेपाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक...

महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक

महाधिवेशनको मिति तय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको मिति तय...