back

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

वि.सं.२०७६ भदौ १० मंगलवार

33 

shares

१० भदौ,काठमाडौं । सर्लाही, गुल्मी, धनुषा र रुकुम(पश्चिम)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

सर्लाही, हरिपुर नगरपालिका –७ शिश्वा पुलस्थित सडकमा बा.३५ प ५६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भईदुद्र्धटना हुँदा गम्भिर घाइते भएका चालक हरिपुर नगरपालिकाका ६ का मुकेश चौधरीको मृत्यु भएको हो ।

सोमबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक मुकेश चौधरीको उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै गुल्मी दरबार गाउँपालिका- ६ ढुंगेरीस्थित सडकमा लु.२७ प ७३९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ का द्रोण नाथ कडेलको प्राथमिक स्वास्थ्य केन्द्र श्रृंगामा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ स्थित सडकमा हाल नम्बर नखुलेको ट्याम्पोको ठक्करबाट पैदलयात्री सोही ठाउँ का मिल्तीलाल यादवको सोमबार दिउँसो मृत्यु भएको छ । ट्याम्पोको ठक्करबाट गम्भीर घाइते भएका उनको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याम्पो र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी रुकुम(पश्चिम), त्रिवेणी गाउँपालिका- २ स्थित खरी गैरा सामुदायिक बनमा बाटो खन्ने क्रममा जेसिबी भिरबाट अन्दाजी ९ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जेसिबीका सहचालक दाङ गढवा गाउँपालिका ७का उत्तम कुमार चौधरीको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ भदौ १० मंगलवार १२:४१ मा प्रकाशित

सांसद सिंहद्वारा एनसेलको शेयर खरिदबिक्री छानबिन गर्न माग

सांसद सिंहद्वारा एनसेलको शेयर खरिदबिक्री छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको...

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

मलेसिया पुगेका रविले भने-विदेशमा बस्ने नेपालीका लागि पनि राजनीतिमा आए

मलेसिया पुगेका रविले भने-विदेशमा बस्ने नेपालीका लागि पनि राजनीतिमा आए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु राजनीतिमा...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...