
१० भदौ, काठमाडौँ । आधुनिक कलाकार समाज (सोमा) ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले तयार पारेको एउटै चित्रको मूल्य रु १५ लाख छ । गणेशको चित्रमा विभिन्न आकृति प्रदान गरेर निर्माण गरिएको चित्रले जोकोहीलाई आकर्षित गर्छ । क्यानभासमा अनेकथरी रङको प्रयोग गरी गणेशसँग जोडिएका विभिन्न पक्षलाई उतारिएको छ ।
“करीब डेढ महिनाको समय लगाएर चित्र तयार पारेको हुँ”, सुवालले भने, “मैलै बनाएको चित्र अहिले बिक्री नभए पनि ढिलोचाँडो बिक्री हुन्छ ।” उनले यसअघि पनि गणेशको चित्र रु १० लाखमा आफूले बिक्री गरेको बताए । चित्रकलामा २०२१ सालमा भारतबाट स्नातक र जर्मनीबाट स्नातकोत्तर सुवाल काठमाडौँमै चित्रकलामा अध्यापनरत छन् । सोमाका अध्यक्ष समेत रहेका उनले आधुनिक ललितकलाको विकास र कलाकारलाई एकै ठाउँमा ल्याउनका लागि सोमा गठन गरिएको बताउनछन् । “पुराना कलाकारलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्दै संस्थाले विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ”, उनि भन्छन, “पछिल्लो समय ललितकलाले फड्को मारेको छ, यसमा पुरानादेखि नयाँ कलाकारहरुको पनि उत्तिकै भूमिका देख्छु ।”
प्रदर्शनीमा विभिन्न कलाकारहरुले तयार पारेका करीब ७० चित्र राखिएको छ । प्रदर्शनीमा मुहारचित्र, भूदृश्य, अर्धमूर्त तथा अमूर्त चित्र प् छन् । अनेकन रङसँग खेली बनाइएका अमूर्त चित्रहरुले पनि दर्शकहरुको ध्यान तानेको देख्न सकिन्छ । नेपाली परिवेशका विभिन्न पक्षलाई उतारेर कलाकाले चित्र तयार पारेका छन् । देवीदेवताक ाचित्रले पनि उत्तिकै आकर्षण थपेका छन् ।“नदीनाला, झरना, चराचुरुङ्गी, हिमाल, पहाड, तालतलाउका चित्र हेर्दा प्रत्येक्ष हेरेको अनुभूति भयो”, प्रदर्शनीको अवलोकन गर्न आउनुभएका विद्यार्थी रेशम अधिकारीले भने,“जति हे¥यो उति हेरिरहौँ जस्तोहुँदो रहेछ, निकै आनन्द महसुस गर्न पाएँ ।”
आधुनिक कलाको विकास र प्रवद्र्धनका लागि संस्था गठन गरी काममा लागेको सोमाका महासचिव जीवन राजोपाध्यायले बताए । “आधुनिक कलाका बारेमा मानिसहरु अझै पनि अन्योलमा परेको देखिन्छ” उनले भने, “नेपाली जनजीवनका विभिन्न पक्षलाई मूर्त अमूर्त ढङ्गले सुन्दर ढङ्गले चित्रमार्फत प्रस्तुत गर्ने कला नै आधुनिक कला हो ।”
देवीदेवताका चित्रबाट नेपाली चित्रकलाको इतिहास शुरु भएको उनि बताछन । “आधुनिकताले प्रवेश पाएपछि चित्रकलाको महत्व झनै बढ्दै गएको पाउन सकिन्छ ।” उनले भने । नेपालमा आधुनिक िचत्रकलाले राणाकालमै प्रवेश पाएको जानकार बताउँछन् । जङ्गबहादुर राणासँगै बेलायत भ्रमणमा गएका भाजुमान चित्रकार र दीर्घमान चित्रकारले त्यहाँको आधुनिक चित्रकलाबाट प्रभावित भएर नेपालमा पनि यसको विकासमा जोड दिएको पाइन्छ । विसं २०२० पछि मात्र नेपालले आधुनिक चित्रकलामा फड्को मारेको बताइएको छ । “२०१७ सालमा बेलायत भ्रमणमा गएका राजा महेन्द्रले लैनसिंह वाङ्देललाई भेटेर नेपाल बोलाएपछि वाङ्देलले नेपाल आई आधुनिक चित्र कोर्ने र अलाई सिकाउन थाले । वाङ्देलले नेपाल आएपछि थुप्रै विद्यार्थी उत्पादन गरे ।
प्रदर्शनीमा गोविन्द डङ्गोल, हरिबहादुर खड्का, कर्ण मास्के, शान्तकुमार राई, रमा मास्के, चिनीकाजी ताम्राकार, शङे्करनाथ रिमाल, हीरालाल डङ् गोल, हेम पौडेल, श्यामलाल श्रेष्ठ, कान्ति न्यौपाने, नरेन्द्रसुन्दर सैंजु, टार्जन साङ्पाङ, रत्नकाजी शाक्यलगायत चित्रकारले निर्माण गरेका चित्र राखिएको छ । विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थी, सर्वसाधारण, कर्मचारी तथा अन्य क्षेत्रका कलाकार प्रदर्शनीको अवलोकन गर्न आउने गरेको महासचिव राजोपाध्यायले बताउनुभयो । सोमाले नेपाली आधुनिक चित्रकलाका विभिन्न पक्षलाई समेटेर ‘समसामयिक नेपाली चित्रकलाः एउटा छुट्टै समूह’ शीर्षक प्रकाशनमा ल्याएको छ । डा यामप्रसादशर्मा द्वारा लिखित पुस्तकमा चित्रकारहरुको जीवनी र आनुनिक चित्रकला क्षेत्रका विभिन्न आयामलाई उल्लेख गरिएको छ ।
(रासस)
वि.सं.२०७६ भदौ १० मंगलवार १४:४४ मा प्रकाशित