back

यसवर्षको पद्मश्री साहित्य र पद्मश्री साधना पुरस्कार सायन र पन्तलाई

वि.सं.२०७६ भदौ १० मंगलवार

42 

shares

१० भदौ, काठमाण्डौं । यसवर्षको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको ‘छुटेका अनुहार’ र पद्मश्री साधना पुरस्कार इतिहासविद् डा. महेशराज पन्तलाइ प्रदान गरिने भएको छ ।

खेमकला हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्धारा २०७५ सालको साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण छुटेका अनुहारलाई दिइने निर्णय गरिएको छ ।

छुटेका अनुहारमा लेखक सायनले आफूले भेटेर छुटेका अनुहार र तिनको मनोृत्तिको सूक्ष्म चित्रण गरेका छन् ।

त्यसैगरी प्रतिष्ठानले पद्मश्री साधना सम्मान इतिहासविद् तथा संस्कृतज्ञ डा. पन्तलाई दिने निर्णय गरेको छ ।

डा. पन्तले नेपाली इतिहास र संस्कृतिलाई लिपिवद्ध तथा जर्गेना गर्दै आएका छन् भने उनले दुईसय भन्दा बढी शोध लेखका साथै ६ वटा पुस्तक प्रकाशित समेत गरेका छन् । २००९ सालमा पिता नयनराज पन्तले सुरु गरेको संशोधन मण्डलका अभियन्ता डा. पन्तले २०२१ सालदेखि इतिहास प्रधान पूर्णिमा प्रकाशन समेत गर्दै आएका छन् । उक्त सम्मानको राशी रु. दुई लाख रुपैँया रहेको छ ।

वि.स. २०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएकाको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गरेका वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको पनि प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाएका छन् । साथै उक्त दुवै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिने बताइएको छ ।

वि.सं.२०७६ भदौ १० मंगलवार १६:३४ मा प्रकाशित

कोपिला

कोपिला

केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक, गोरखा १. विकृति फैलिएर गयो राजनीति...

लघुकथा : घृणा र प्रेम

लघुकथा : घृणा र प्रेम

कल्पना भण्डारी सिन्धुपाल्चोक, हाल - काठमाडौं ‘गौरी दिदी भोलि त...

कोपिला\डाली

कोपिला\डाली

गणेश लोहनी, चितवन हाल काठमाडौं १ साधनाले सिद्धि मिल्यो ध्यान...

कथा : दानी

कथा : दानी

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित...

मुक्तक

मुक्तक

रुद्र अधिकारी, विशालनगर, काठमाडौँ १. अँध्यारोमै राख्ने अन्धकारलाई हेर्नु पर्छ...

लघुकथा : अभुक्त

लघुकथा : अभुक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बुढा खै !...