back

एनआरएनए पोर्चुगलको अध्यक्षमा गैरे, आइसिसि सदस्यमा मगर र अधिकारी

वि.सं.२०७६ भदौ १० मंगलवार

48 

shares

२७ अगस्त, पोर्चुगल । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) पोर्चुगलको अध्यक्षमा तिलक गैरे निर्वाचित भएका छन् ।

अगस्त २५ मा सम्पन्न परिषद्को सातौ अधिबेशन तथा निर्वाचनले अध्यक्षमा गैरेलाई निर्वाचित गरेको हो । गैरेले ८ सय ५१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी ईश्वर रिजालले ५ सय ५१ मत प्राप्त गरेका छन् ।

त्यस्तै परिषद्को आइसिसि सदस्यमा नारायणकाजी मगर र रवीन अधिकारी निर्वाचित भएका छन् । मगरले ६४३ मत र अधिकारीले ७८८ मत प्राप्त गरेर विजयी बनेका छन् । उनीहरुका प्रतिद्धन्द्धी धनराज शेर्पा र गोविन्द शापकोटाले क्रमश ४६३ र ५६८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी परिषद्को वरिष्ठ उपाध्यक्षमा भीमसेन थापा उपाध्यक्षमा अशोक गुरुङ, महिला उपाध्यक्षमा सीता श्रेष्ठ (निर्विरोध निर्वाचित) महासचिवमा हेमराज सुवेदी, सचिवद्धयमा यामेन्द्रकुमार घर्ती र प्रकाश ढकाल, कोषाध्यक्षमा विक्रमजङ कुँवर, युवासंयोजकमा दिनेश भण्डारी,कोषाध्यक्षमा तिलक कँडेल (निर्विरोध) र महिला संयोजकमा सुशीला थापा (निर्विरोध) निर्वाचित भएका छन् ।

त्यसैगरी परिषद्का सदस्यहरुमा सुमन शर्मा चम्लागाईँ, राजन प्रसाद ढुङ्गाना, दीपक खत्री, लक्ष्मी परियार, कल्पना कार्की, सम्झना अधिकारी पाण्डे, नवीन सापकोटा, आनन्दकुमार तामाङ, रमेश पौडेल, सुरेन्द्र गौतम, दीपेन्द्र सुवेदी, सवीन धिताल, दिलबहादुर परियार, सन्तोष नेपाली र गणेशदत्त शर्मा निर्विरोध चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पूर्वमन्त्री वीरबहादुर बलायर, लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य, पर्यटन प्रतिनिधि रमेशकुमार गुरुङ, निवर्तमान अध्यक्ष कुबेर कार्की र ईश्वर रिजालले शुभकामना दिएका थिए । नवनिर्वाचित कार्यसमितिलाई उपाध्यक्ष आचार्यले सपथ ग्रहण गराएका थिए ।

घोषणासभाको अध्यक्षता अशोक घिमिरे र सञ्चालन राजकुमार थापाले गरेका थिए ।
निर्वाचित अध्यक्ष तिलक गैरेले पोर्चुगललाई नमूना एनआरएनए बनाएर अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।

वि.सं.२०७६ भदौ १० मंगलवार १८:२९ मा प्रकाशित

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लोक चेम्जोङ सर्वसम्मत

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लोक चेम्जोङ सर्वसम्मत

न्यूयोर्क । नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन यही डिसेम्बर ३...

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अध्यक्ष सिता सापकोटालाई...

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती...

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

काठमाडौं । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप,...

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर...