back

एनआरएनए रसियाको अध्यक्षमा शिव मणि भुर्त्याल , १० हजार डलरको अक्षकोष स्थापना गर्ने घोषणा

वि.सं.२०७६ भदौ १० मंगलवार

720 

shares
IME Limited
NTC AD

२७ अगस्त, रसिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) रसियाको नवौं अधिबेशनले अध्यक्षमा शिवमणि भुर्त्याल लाई निर्विरोध निर्वाचित गरेको छ ।

संघका अध्यक्ष रामेश्वर गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त अधिबेशनले उपाध्यक्षत्रयमा सुमन रिजाल, गोविन्दप्रसाद आचार्य, केशव तिमिल्सिना, महासचिवमा इन्द्रप्रसाद भुसाल, कोषाध्यक्षमा किरण रानाभाट, सचिवमा संदेश सिंखडा, युवासंयोजकमा सीताराम कटेल (मिलन), महिला संयोजकमा विधा थापा र सदस्यहरुमा हिमलाल खनाल, पशुपति घिमिरे, दुर्गाबहादुर भट्टराई, यमबहादुर थापा, रामबाबु पाण्डे तथा केन्द्रीय सदस्यमा डा. एकनारायण चापागाईंलाई निर्विरोध निर्वाचित गरेको छ ।

रुसका लागि नेपाली राजदूत ऋषिराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिबेशनमा नेपालबाट मस्को पुगेकी गायिका सुशीला गौतम, संघकी केन्द्रीय उपाध्यक्ष सपिला राज भण्डारी, महासचिव डा. बद्री केसी, यूरोप उपसंयोजक तथा भाषा एवं साहित्य समितिका संयोजक गोविन्दप्रसाद गौतम, केन्द्रीय सदस्यद्वय डा. एकनारायण चापागाईं एवं रवीन्द्र भट्टराईले आ–आफ्नो मन्तव्य राखेका थिए ।

महासचिव इन्द्र प्रसाद भुसालद्धारा संचालन गरिएको उक्त कार्यक्रममा राजदूत घिमीरेले एनआरएनए रुसले नेपालको व्यापार तथा पर्यटनको क्षेत्रमा सघाउ पुर्याउने उद्धेश्यले मस्कोमा आयोजना गरेको ‘नेपाल महोत्सव’ को उच्च मूल्यांकन गरेका थिए । उनले यस्ता प्रकारका कार्यक्रममा दूतावासको तर्फबाट आवस्यक सहयोग उपलब्ध गराइने बताएका थिए ।

त्यस्तै सभापति रामेश्वर गौतमले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि संघका गतिबिधिमा सक्रिय रहने बताएका थिए ।

उक्त अधिबेशनमा महासचिव ईन्द्र भुसाल र कोषाध्यक्ष गोविन्द आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अधिबेशनले अनुमोदन गरेको थियो ।

डा.कुमार कार्कीको संयोजकत्व तथा उत्सव अमात्य र डा. मनमूर्ति भुर्तेलसहितको निर्वाचन आयोगले २०१९–०२१ का लागि नयाँ कार्यसमितिको निर्विरोध निर्वाचन गरेको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई संघकी केन्द्रीय उपाध्यक्ष सपिला राज भण्डारीले गोपनियताको सपथ खुवाएकी थिइन् ।

नवनिर्वाचित अध्यक्ष भुर्त्याल ले आफूलाई सहयोग गर्ने सवैमा आभार व्यक्त गरेका थिए । उनले विशेषत अध्यक्षका प्रत्यासी डा. विमला भण्डारी र सुमन रिजालको गरेको त्यागको लागि विशेष धन्यवाद ज्ञापन गरेका थिए । भुर्तेलले संघमा तत्कालै भैपरि आउने व्ययभार बहन गर्नका लािग तत्कालै १० हजार डलरको अक्षयकोषको स्थापना गर्ने घोषणा समेत गरेका थिए ।

अध्यक्ष भुर्त्याल ले रुसका विभिन्न शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थीमध्ये परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने घोषणा समेत गरेका थिए ।

अधिबेशनका क्रममा विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना समेत गरिएको थियो ।

वि.सं.२०७६ भदौ १० मंगलवार १९:११ मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खाका...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...