११ भदौ, काठमाडौँ । सर्वाेच्च अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार गरेको अभियोगमा १९ वटा मुद्दाको पेसी चढेको छ ।
सर्वाेच्चले यी सबै मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ । ती मुद्दा दुई वर्षदेखि इजलासमा पेसी चड्दै स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको छ । यी त प्रतिनिधि मुद्दा मात्रै हुन् । २०७१ सालदेखि भरतकुमार यादवको भ्रष्टाचार मुद्दामा मात्रै २२ पटक पेसी तोकिएको छ । सामाजिक सुरक्षा भत्ता अनियमितता गरी भष्टाचार गरेको सो मुद्दाको पेसी ७ अशोजका लागि तोकिएको छ ।
प्राथमिक विद्यालयको रकम लिई भष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेकी नर्बदा भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद इसुफ मियाँलाई विपक्षी बनाएर दायर रिट दुई वर्षदेखि अदालतमा अल्झिरहेको छ ।
उनीहरुको मुद्दामा आठपटक पेसी तोकेर पनि हेर्न नभ्याउने सूचीमा राखिएको छ । पछिल्लो समय ३ असार २०७६ मा न्यायाधीश प्रकाशमानसिंह राउत र डा. मनोजकुमार शर्माको इजलासमा पेसी तोकेर बेन्च बस्न नभ्याएको उल्लेख भयो । अब अर्काे पेसी ७ असोजका लागि तोकिएको छ । बुधबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ भदौ ११ बुधवार ०७:४१ मा प्रकाशित