back

पर्यटन विभाग मातहतका अभिलेख प्रदेशलाई

वि.सं.२०७६ भदौ ११ बुधवार

276 

shares
RBB AD
NTC AD

११ भदौ , काठमाडौँ । पर्यटन विभागले सातै प्रदेशका पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।

मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विभागले सबै प्रदेश मातहत रहेका २२ हजार ३६४ व्यवसाय हस्तान्तरण गरको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवलाई अभिलेख हस्तान्तरण गरेको हो । विभागमा हुँदै आएको कार्य आगामी असोज १ गतेदेखि सम्बन्धित प्रदेश कार्यालयबाट हुनेछ ।

विभागअन्तर्गत रहेका पर्यटकस्तरीय ३६१ होटल, ९२ घरवास, ८५ -याफ्टिङ एजेन्सी, तीन हजार २६२ ट्राभल एजेन्सी, दुई हजार ४१७ ट्रेकिङ एजेन्सी, २१४ रिभरगाइड, १७२ ट्रेकिङ पोटर गाइड, ७९ पर्यटन यातायात सेवा, १२ हजार ९८१ ट्रेकिङ गाइड र दुई हजार ७०१ टुरिष्ट गाइडको अभिलेख सातै प्रदेश तहमा हस्तान्तरण गरिएको हो ।

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहका लागि छुट्याएको अधिकार क्षेत्रभित्रै रहेर साविकमा विभागले गर्दै आएका काम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको महानिर्देशक घिमिरेले जानकारीदिए । विभागअन्तर्गत रहेका सात पर्यटन कार्यालयलाई प्रदेशमा हस्तान्तरण गरेको छ । जसमध्ये काकडभिट्टा (झापा), नाम्चे (सोलुखुम्बु), जनकपुर (धनुषा), वीरगञ्ज (पर्सा), भैरहवा (रुपन्देही), पोखरा (कास्की) र कोहलपुर (बाँके) मार्फत भएका कार्य तथा अभिलेखसमेत सम्बन्धित प्रदेशको पर्यटन मन्त्रालयमा हस्तान्तरण भइसकेको जनाएको छ ।

यसअघि पर्यटन विभागबाट हुँदै आएको ट्राभल एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण, टे«किङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण, पर्यटक यातायात सेवा व्यवसाय इजाजतपत्र जारी तथा नवीकरण, -याफ्टिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण, पर्यटकस्तरीय होटलको इजाजतपत्र जारी तथा नवीकरण, घरवासकोे इजाजतपत्र जारी तथा नवीकरण र टेरगाइड, ट्रेकिङ गाइड, पोटर गाइड, रिभर गाइडको इजाजतपत्र जारी तथा नवीकरणलगायतका काम प्रदेशमा हुनेछन् ।

पर्वतारोहणको अनुमति, ठूला होटल, रिसोर्ट तथा क्यासिनोको दर्ता, नवीकरणलगायतको काम भने विभागले नै गर्नेछ । त्यस्तै विभागले आगामी दिनमा स्थानीय तथा प्रदेश सरकारलाई आवश्यक पर्ने सहयोग र नीतिगत काम र नियमनमा बढी ध्यान केन्द्रित गर्नेछ ।

वि.सं.२०७६ भदौ ११ बुधवार ०८:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका...

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

 हात्तीको दारासहित तीन जना पक्राउ

 हात्तीको दारासहित तीन जना पक्राउ

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई...

सात सय १२ बोरा युरिया मल बरामद

सात सय १२ बोरा युरिया मल बरामद

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १०...

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी...

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...