back

सुर्खेतमा बस दुर्घटना, ३ को मृत्यु २७ घाईते, चार गम्भीर

वि.सं.२०७६ भदौ ११ बुधवार

33 

shares

११ भदौ, काठमाण्डौं । सुर्खेतको भेरी गंगा नगरपालिकामा भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ ।

जाजरकोटबाट ३० यात्रु बोकेर नेपलगन्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस भेरीगंगा नगरपालिका ५ एमाले मोडमा दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजनाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय सुर्खेतका डिएसपी रवि रावलले संसारन्युजलाई जानकारी दिएका छन् ।

डिएसपी रावलका अनुसार बुधबार राति ३ :५० मा भएको उक्त दुर्घटनामा घाईते भएकाहरुलाई नेपालगन्ज मेडिकल कजेल, भेरीगंगा क्लिनक, सुर्खेत र बाँकेको कोहलपुरमा उपचार गरिएको छ भने सामान्य घाईते भएका उपचारपछि घर फर्र्किएका छन् । दुर्घटनामा घाईते भएका २७ मध्ये ४ जना गम्भीर घाईते भएका छन् ।

सडकबाट ३० मिटरजति तल खसेको उक्त बस ब्रेकफेल भएर दुर्घटना भएको भनिएपनि अनुसन्धानकै क्रममा रहेको र उद्धार कार्य सकिएको पनि डिएसपी रावलले बताएका छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । विस्तृत विवरण आउन बाँकी ।

वि.सं.२०७६ भदौ ११ बुधवार ०९:२७ मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

जानकी (बाँके) । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको...

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

डडेल्धुरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...