back

भाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष

वि.सं.२०७६ भदौ ११ बुधवार

72 

shares

११ भदौ, मेलम्ची । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो ।
सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गरेका हुन् । मङ्गलबार बलेफी गाउँपालिका–८ स्थित भीरकुनामा सुत्केरी महिलाका लागि पोषण सामग्री प्रदान गरिएको छ । वडा नं ८ का वडाध्यक्ष चरीबहादुर तामाङले सात दिनकी सुत्केरी महिला सन्चमाया तामाङ र ङेमा तामाङको घरमै पुगेर पोषणयुक्त सामग्री प्रदान गर्नुभएको हो । उहाँहरुलाई लागि एक÷एक भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइका सामग्री प्रदान गरिएको थियो ।
स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्दै स्वास्थ्यचौकीमै सुत्केरी हुने महिलाका लागि पोषण सामग्री प्रदान गरिएको वडासदस्य मन्दिरा कायस्थले जानकारी दिए । गाउँपालिकाको नीति, कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले बताए । सोमबार वडा नं ७ मा पनि सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको थियो । वडाध्यक्ष कार्केल लामाले सुत्केरी महिलाका घरमै पुगेर भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइ सामग्री प्रदान गरेका थिए । (रासस)

वि.सं.२०७६ भदौ ११ बुधवार १०:०२ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई...

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले...

छोराको कुटपिटबाट बुबाको मृत्यु

छोराको कुटपिटबाट बुबाको मृत्यु

रसुवा । उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको...