back

दुईवर्षमा बिजुलीबजार पुलको काम १० प्रतिशत

वि.सं.२०७३ मंसिर ९ बिहीवार

441 

shares
GLOBAL IME AD
NTC AD

९ मङ्सिर,काठमाडौँ । पुल निर्माणको अवधि सकिन एकवर्ष मात्र बाँकी हुँदासमेत बिजुलीबजारस्थित रुद्रमती (धोबीखोला) माथिको पुल निर्माणले गति लिन सकेको छैन ।

माइतीघर–बिजुलीबजार–बानेश्वर–तीनकुने–कोटेश्वर सडक आठलेनमा विस्तार भएसँगै बिजुलीबजार र तीनकुनेमा अत्याधुनिक पुल निर्माण गर्ने निर्णय भएको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण गर्न लागेको पुल निर्माणका लागि एक वर्ष मात्र अवधि बाँकी छ । तर स्थलगतरुपमा पुल निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिजुलीको पोल एवम् खानेपानीको पाइप नहटाउँदा कामले गति लिन नसकेको हो ।

पुल निर्माणको जिम्मा पाएको जेई कन्स्ट्रक्सन प्रालिका वरिष्ठ निर्माण व्यवस्थापक राधाकृष्ण देव दुईवर्षे अवधिमा १० प्रतिशत मात्र काम भएको स्वीकार्नुहुन्छ । “बिजुलीबजारमा नेपालमै पहिलोपटक ‘नेटवर्क आर्च ब्रिज’ निर्माणको डिजाइन भएको छ, ५०.३ मिटर लम्बाइ र १२ मिटर चौडाइका दुई पुल निर्माणका लागि स्थान खाली नहुँदा समस्या भएको छ”–उहाँले भन्नुभयो ।

पुल निर्माणको लागत रु १३ करोड १३ लाख २५ हजार छ । यो पुल निर्माण नहुँदा आठ लेनमा विस्तार भएको सडकमा चारलेनको पुलबाट सवारी चल्नुपर्ने भएकाले सडक जाम हुने गरेको छ । यो सँगै तीनकुनेस्थित बागमती नदीमाथि पनि ‘नेटवर्क आर्च ब्रिज’ निर्माणका लागि निर्माण व्यवसायी छनोट भएपनि बिजुली र खानेपानीको लाइन व्यवस्थापन हुन नसक्दा काम अघि बढ्न नसकेको आयोजनाका इन्जिनियर वीरेन्द्र यादवले बताउनुभयो ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गर्ने तीनकुनेको पुलको डिजाइनसमेत बनिसकेको छैन । यी दुवै पुलको काम अघि बढ्न नसक्दा कोटेश्वरबाट रत्नपार्क छिर्ने सवारी जाममा फस्ने गरेको यात्रुको गुनासो छ । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०२:४४ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...