back
CTIZAN AD

शिक्षा नियमावली संशोधन गर्न हिसानको माग

वि.सं.२०७३ मंसिर ९ बिहीवार

684 

shares

९ मङ्सिर,काठमाडौँ । उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)ले सरकारले ल्याएको शिक्षा नियमावली, २०७३ को प्रारम्भिक मस्यौदा अपूर्ण रहेको भन्दै संशोधनको माग गरेको छ ।

शिक्षा मन्त्रालयले हालै प्रस्तुत गरेर समाज कल्याण समितिमा विचाराधीन उक्त नियमावलीका अधिकांश विषयमा समर्थन रहेपनि केही कुरा त्रुटिपूर्ण रहेको हिसानको ठहर छ । हिसानले यहाँ बुधबार पत्रकारसम्मेलन गर्दै संशोधनका २२ बुँदा अघि सारेको छ । हिसानले निजी र सामुदायिक विद्यालयका प्रकृति र सञ्चालन पद्धति फरक भएकाले छुट्टाछुट्टै शिक्षा नियामावलीको माग गरेको छ ।

त्यस्तै, हाल सञ्चालित शून्य जोड दुई (जिरो प्लस टू)लाई साबिकबमोजिम ११ र १२ कक्षा सञ्चालन गर्न दिनुपर्ने माग छ । त्यसैगरी कक्षा १ देखि १२ सम्मको शिक्षा समानस्तरको नहुने भएकाले ११ र १२ को शिक्षालाई उच्च शिक्षाको हैसियत कायम राख्नुपर्ने हिसानको माग छ ।

मस्यौदाअनुसार माध्यमिक तह भन्नाले कक्षा ९ देखि १२ सम्मलाई भनिएको तर कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा तथा कक्षा १२ मा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राखिएकाले एकै तहमा दुई परीक्षा उत्तीर्ण गर्नुपर्ने हाँस्यास्पद भएको बताइएको छ ।

साथै, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा अनिवार्यरुपमा लिने व्यवस्था हुनुपर्ने, शिक्षासम्बन्धी सरोकारवाला समिति÷उपसमितिमा हिसानका प्रतिनिधिको प्रतिनिधित्व हुनुपर्ने, कानुनबमोजिम योग्यता पुगेका शिक्षण संस्थालाई सम्बन्धन दिनुपर्नेलगायत माग हिसानको छ ।

पत्रकारसम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले अहिलेको नियमावली दश जोड दुई (उच्चमावि तह) को शिक्षालाई नै सिध्याउने खेलअनुरुप आएको बताउँदै यस खेलका विरुद्ध आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले यसबारे आफूहरुसँगको छलफलद्वारा समाधान निकाल्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०२:४४ मा प्रकाशित

Himalayan Life AD
प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक स्तर...

प्रतिनिधिसभा निर्वाचनका लागि सबै मतपत्र छपाइ सम्पन्न

प्रतिनिधिसभा निर्वाचनका लागि सबै मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका...

मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र

मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा...

आजदेखि लागुहुनेगरि पेट्रोलियम पदार्थ मूल्य बढ्यो

आजदेखि लागुहुनेगरि पेट्रोलियम पदार्थ मूल्य बढ्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल...

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार...