back

युरोपमा वायु प्रदूषणका कारण करिब चार लाख सतसठ्ठी हजार मानिसको अल्पआयुमा मृत्यु

वि.सं.२०७३ मंसिर ९ बिहीवार

510 

shares
IME Limited
NTC AD

९ मङ्सिर,ब्रसेल्स (बेल्जियम)। युरोपमा वायु प्रदूषण एक ठूलो वातावरणीय स्वास्थ्य समस्या बनेको र प्रतिवर्ष करिब चार लाख ६७ हजार मानिसले अल्पाआयुमै जीवन गुमाउने गरेको युरोपेली वातावरणका लागि कार्यरत संस्था (ईईए) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

सन् २००० देखि सन् २०१४ सम्म युरोपका विभिन्न सहरका ४०० अनुगमनस्थलमा गरिएको मूल्याङ्कन तथा विश्लेषणपछि प्रतिवेदनलाई सार्वजनिक गरिएको हो ।

प्रतिवेदनअनुसार सन् २०१४ मा ८५ प्रतिशत युरोपको सहरी जनसङ्ख्याले फेर्ने श्वासमा वायु प्रदूषणको मात्रा २.५ ‘पार्टीकुलेट म्याटर’ (पीएम) रहेको र यो स्वास्थ्यका लागि हानिकारक रहने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।

यस्ता पीएम मुटु र रक्तधमनी (काडियोभास्कुलर) तथा श्वासप्रश्वास समस्या र फोक्सोको क्यान्सरका कारक तत्व रहने र यसैका कारण यहाँका मानिसले अल्पायुमा जीवन गुमाउने गरेको प्रतिवेदनमा जनाइएको छ ।

ग्रीन हाउस हरित ग्यास उत्सर्जन न्यूनीकरणले युरोपको वायु प्रदूषणमा पछिल्लो समय केही मात्रामा सुधार देखिए पनि यो मानव स्वास्थ्यको अस्वीकार्य क्षतिबाट सुरक्षित रहन पर्याप्त नभएको ईईएका कार्यकारी निर्देशक ह्यान्स ब्रुयनिक्सले बताउनुभयो ।

वायु प्रदूषणका कारण तत्वलाई नियन्त्रण गर्न जरुरी भएको र यसका लागि नयाँ किसिमका सुधारका प्रयास थाल्न ‘युरोपियन पार्लियामेन्ट’ले ईईए प्रतिबद्धतालाई कार्यान्वयनमा लान मतदान गर्नेमा वातावरण सम्वन्धी युरोपियन कमिसनर कारमेनु भेलाले बताउनुभयो । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०२:५६ मा प्रकाशित

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...