back

रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो

वि.सं.२०७६ भदौ १२ बिहीवार

576 

shares
IME Limited
NTC AD

१२ भदौ, लहान । सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ । माग अनुसारको आपूर्ति घट्दै गएपछि किसान समस्यामा परेको छ ।

लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि अन्य रासायनिक मलको बिक्री वितरण बढेको हो ।

यसैगरी आर्थिक वर्ष २०७४÷०७५ मा २६ हजार ७८८ बोरा युरिया मल आपूर्ति भएकोमा आव २०७५÷०७६ मा २३ हजार ७७ बोरा मात्र युरिया मल आपूर्ति भएको निमित्त प्रमुख खडकाले बताउनुभयो । अघिल्लो आव २०७४÷०७५ भन्दा २०७५÷०७६ मा डिएपी छ हजार १४९ बोरा र युरिया तीन हजार ७०१ बोरा कम मल आपूर्ति हुँदा जिल्लामा रासायनिक मलको हाहाकार भएको निमित्त प्रमुख खडकाको भनाइ छ ।

त्यस्तै आव २०७३÷०७४ मा ९५ हजार ३२० बोरा डिएपी मल र ९८ हजार ७०५ बोरा युरिया मल आपूर्ति भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ । सिरहामा साउन महीनामा मात्र ३० हजार बोरा डिएपी मल चाहिएकोमा कृषि सामग्री कम्पनी लिमिटेडबाट डिएपी मल एक बोरा पनि आएन भने युरिया मल आएको जति सबै बिक्री भइसकेकाले गोदाम रित्तिएको छ ।

डिएपी र युरिया मलको माग बढ्ेकाले आपूर्तिका लागि केन्द्रमा पटक पटक पत्राचार गरे पनि वर्षेनी आपूर्ति घट्दै गएकोले समस्यामा परेको निमित्त प्रमुख खड्काको भनाइ छ । यसरी डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मल पु¥याउन नसकिरहेको उल्लेख गर्दै उनले अझै किसान मलका लागि आउने गरिए पनि मलको अभाव भएको भन्दै फर्काउँदै आएको बताए ।

डिएपी र युरिया मलको आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले आव २०७४÷०७५ को तुलनामा आव २०७५÷०७६ मा झण्डै आधा मूल्य बराबरको रासायनिक मल मात्र बिक्री गरेको छ । आव २०७४÷०७५ मा रु चार करोड १५ लाख ५१ हजार ९७६ को मलखाद्य बिक्री गरेको कृषि सामग्री कम्पनी लहानले आव २०७५÷०७६ मा रु दुई करोड ३६ लाख ९५ हजार ३४६ को मात्र रासायनिक मल बिक्री गरेको निमित्त प्रमुख खडकाले जानकारी दिए ।

निमित्त कार्यालय प्रमुख खड्काका अनुसार आव २०७५÷०७६ मा रु एक एक करोड ७० लाख ३० हजार ८२६ को युरिया, रु ५२ लाख ५१ हजार २०० को डिएपी, रु १४ लाख १३ हजार ३२० को पोटास बिक्री गरेको छ । सिरहामा यस वर्ष कूल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये ९० प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र राजविराज सप्तरीले जनाएको छ ।

अधिकांश खेतीयोग्य जग्गामा धान रोपाइँ भए पनि समयमा मलखाद्य नपाउँदा किसान मारमा परेका छन् । सिरहामा कृषि सामग्री कम्पनी लहान र साल्ट्र ट्रेडिङले गाउँ गाउँमा सहकारीमार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्री वितरण गर्दै आएको छ ।

किसानले धानखेती गर्ने बेला डिएपी मल अभाव भएको हो । सरकारले अनुदानमा प्रदान गर्ने मल आएको छैन भने कृषि सामग्री कम्पनी लिमिटेडले समेत मल ल्याउन सकेको छैन ।

धानमा मल हाल्ने बेला हँुदासमेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा व्यवसायीबाट मल खरिद गर्नुपरेको बताएका छन् । “धानमा मल राख्ने बेला भयो, डीएपी बजारमा पाइँदैन”, लहानका किसान राजकिसोर यादवले भने, “मल आवश्यक हुँदा पाइँदैन, धान पसाएपछि बल्ल मल आउँछ ।” उनले गाउँमा सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न नसकेको बताए । किसान मल पाइने आसमा दैनिकजसो कृषि सामग्री केन्द्र धाउने गर्छन् ।

गोलबजारका किसान बृजकिसोर मिश्रले किसानलाई अनुदानको डीएपी मल पाउनै गाह्रो भएको बताउनुभयो । “धान रोप्ने बेला कहिल्यै मल पाइँदैन, मल नपाएपछि उत्पादन घट्दै गएको छ”, उनले भने ।

जिल्लामा डीएपी रासायनिक मलको चरम अभाव रहेको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । “हामीसँग डीएपी मल छैन”, निमित्त प्रमुख खड्काले भने, “गोदामा भएको मल किसानलाई बाँडेका छौँ ।”

वि.सं.२०७६ भदौ १२ बिहीवार १०:२५ मा प्रकाशित

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

प्रविधिमैत्री बनाउन गोखाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर

प्रविधिमैत्री बनाउन गोखाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर

गोरखा । गोरखा नगरपालिका–८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा...

विदेशबाट फर्किएर ड्रागन फ्रुटको व्यवसायिक खेतीमा रमाएका सरोज

विदेशबाट फर्किएर ड्रागन फ्रुटको व्यवसायिक खेतीमा रमाएका सरोज

केदार मगर, खोटाङ। रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

किसानलाई ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री

किसानलाई ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री

महेन्द्रनगर (धनुषा) । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम शाखाले चालु...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...