back

भारतमा छ जना माओवादी मारिए

वि.सं.२०७३ मंसिर ९ बिहीवार

639 

shares

९ मङ्सिर,नयाँदिल्ली । पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तीमा छ सशरुत्र लडाकू मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएको छ ।

झारखण्ड राज्यको लटेहार जिल्लामा बुधबार विहान प्रहरीले जारी गरेको खोजी अभियानको क्रममा माओवादी लडाकूहरुले आक्रमण गरेपछि जवाफी कारबाहीमा उनीहरुको मृत्यु भएको हो ।

“घना जङ्गल भएको सो क्षेत्रमा विगत १५ वर्षदेखि विद्रोही समूह क्रियाशिल रहेको छ,” प्रहरी निरीक्षक अनुप बर्थरायले भन्नुभयो ।

“प्रहरीको जवाफी कारबाही झण्डै ४५ देखि ५० मिनेटसम्म चलेको थियो, हामीले माओवादीको आफ्नै कालो पोशकमा रहेका छ जनाको शव नियन्त्रणमा लिएका छौं,” उहाँले एएफपीलाई टेलिफोनमार्फत जानकारी दिनुभएको छ ।

“हामीले छ ओटा हतियार र झण्डै पाँच सय राउण्ड गोलीका खोका नष्ट गरेका छौँ” भनी उहाँले थप जानकारी दिनुभएको छ ।

विगत एक दशकदेखि माओवादी विद्रोहीहरुले सरकारविरुद्ध लड्दै आइरहेका छन् । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०२:५८ मा प्रकाशित

Himalayan Life AD
भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल आपूर्ति...

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...