back

जङ्गली तरकारी बेचेर जीवनयापन गर्दौ धम्बोझीका महिलाहरु

वि.सं.२०७६ भदौ १२ बिहीवार

264 

shares
NTC AD
Global IME AD

१२ भदौ, धम्बोझी । कहिले विषादी तरकारीको हल्लाले गर्दा उपभोक्ता जङ्गली साग अर्गानिक हुने भन्दै त्यस्ता तरकारी बजारमा किन्ने गर्छन् । कुनै विषादी एवं रासायनिक मलखाद नपरेको जङ्गली सागको बिक्री बजारमा पाइने अन्य साग र तरकारीको तुलनामा बढी स्वास्थ्य लाभ हुने भएको हुनाले आफू बढी जङ्गली तरकारी किन्ने गरेको गुलरिया वडा नम्बर ६ को निसा बुढा कुमालले बताइन् ।

गुलरिया नगरपालिका–९ का दलित महिला जङ्गली तरकारी बेचेर घरखर्च चलाउने गरेका छन् । आयआर्जनको कुनै स्रोत नभएका उनीहरू घरखर्च चलाउनकै लागि दिनहँुजसो जङ्गली तरकारी खोजेर बिक्री गर्दै आएका छन् ।

गुलरियाको हाडबजार छेउमा बसोबास गर्दै आएका सीता विकले बिहानको खानपछि कहिले उत्तर र कहिले दक्षिणतर्फको जङ्गली तरकारी बोकेर बिक्रीका लागि गुलरिया र रम्मापुर चोकमा पुग्ने र्गछन् ।

जङ्गलको भेग बुझ्ेकि सीतासँगै एक दर्जन जना दलित महिला पनि पछि लाग्छन् । अहिलेको वर्खाको सिजनमा जङ्गली साग बिक्रीका लागि निउरो ,जीब्रे , एकपात्ते, च्याउ, फुट्की, कर्मुवा, टामालगायत साग बिक्री हुने गर्दछ । एउटा मुठा सागको कम्तीमा रु २० मा बिक्री हुन्छ ।

एक जनाले ५० देखि ६० मुठासम्म साग ल्याउने गरेको बताउँदै विपन्न महिला फहरी विकले साग बिक्रीबाट दैनिक एक हजार आम्दानी हुने बताइन । गुलरिया नगरपालिका टेपरीको रामकली सुनारले भन्छिन् पुरुष ज्यालादारी कामको खोजीमा बाहिरिन्छन् । केटाकेटी स्कूल जाने र वृद्धावृद्धा घरमै बस्छन् । गुलरिया हाडबजार रम्मापुर हाडवजार बैदीहाडबजारमा गरी विभिन्न हाडबजारमा महिला जङ्गली तरकारीको खोजी गरेर ल्याएर बेच्ने गर्छन् ।

तरकारी बिक्री गरेर आफू र आफ्ना परिवारका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरीदमा सहज भएको फहरी विकले बताए । (रासस)

वि.सं.२०७६ भदौ १२ बिहीवार ११:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कतारी राजाको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

कतारी राजाको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा (रुपन्देही) । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका...

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस...

तीन महिनादेखि ठप्प सामुदायिक वनको काम

तीन महिनादेखि ठप्प सामुदायिक वनको काम

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित बागेश्वरी सामुदायिक...

आगोले घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि १६ परिवारको बिचल्ली

आगोले घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि १६ परिवारको बिचल्ली

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको...

बाँकेका सामुदायिक वनमा डढेलो लाग्न सुरु

बाँकेका सामुदायिक वनमा डढेलो लाग्न सुरु

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो लाग्न सुरु भएको...

लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री अहिरद्वारा राजीनामा

लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री अहिरद्वारा राजीनामा

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री...